Dohori Coundown

05:00 PM - 06:00 PM

Thursday, April 26 2018, 17:01 | बिहिबार १३, बैशाख २०७५ १७:०१
कञ्चनपुरको छेलामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया

मङ्गलबार, ०६ चैत २०७४| Nirmala Khadayat
कञ्चनपुरको छेलामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया

एफएम संवाददाता
कञ्चनपुर, ६ चैत्र ।

सरकारद्वारा घोषित प्रदेश नं ७ को एकमात्र कञ्चनपुरको दैजी छेलामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अघि बढेको छ । स्थानीय बेदकोट नगरपालिकामा रहेको दैजी छेलामा औद्योगिक क्षेत्र निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि एकचरणको काम सकिएको छ भने दोस्रो चरणका लागि टोली पुनः आउन लागेको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले बताउनुभयो ।

उक्त क्षेत्रको २९३ बिघा जमिन कित्ताकाट भएको उक्त सरकारी जग्गालाई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नाममा भोकाधिकार दिन मन्त्रिपरिषद्ले निर्णय गरेकाले औद्योगिक क्षेत्र स्थापना गरिने भएको प्रमुख चन्दको भनाइ छ ।

सरकारले २०७२ चैत १ गते औद्योगिक क्षेत्र स्थापना गर्न चार किल्ला तोकी घोषणा भएका जग्गाको नाप जाँच र सीमा छुट्याई क्षेत्रफल यकिन गर्न दिएको निर्देशनसँगै जिल्ला नापी कार्यालयले उक्त काम गरिसकेको छ ।

दैजी छेला औद्योगिक क्षेत्रभित्र खाद्य, वन तथा कृषि, धातु, प्लाष्टिक, इन्जिनियरिङ र फेब्रिकेटिङ, मिनरल वाटर, कागज, सिमेन्ट, छडलगायत १०० वटा उद्योग स्थापना गर्न सकिने छ ।

त्यसैगरी बेतकोट नगरपालिकाको टोलीले दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएको छ ।


मङ्गलबार ०६, चैत २०७४ ०२:५५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस