Bollywood Hindi Hit's Songs

11:00 AM - 12:00 PM

Wednesday, July 18 2018, 11:58 | बुधबार ०२, साउन २०७५ ११:५८
दार्चुलाका तीन टेलिफोन टावरमा विद्युतीकरण

मङ्गलबार, ०६ चैत २०७४| Nirmala Khadayat
दार्चुलाका तीन टेलिफोन टावरमा विद्युतीकरण

एफएम संवाददाता
दार्चुला, ६ चैत्र ।

चालू आर्थिक वर्षमा दार्चुलामा तीन वटा टेलिफोन टावरमा विद्युतीकरण हुने भएको छ । हाल सौर्य प्रणालीबाट सञ्चालनमा रहेका तीन वटा टेलिफोन टावरमा विद्युतीकरण गर्न १८ लाख ९७ हजार नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रलाई निकासा पठाइसकेको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो ।

मालिकार्जुन गाउँपालिकाको बालशिखरमा रहेको रिपिटर टावर, मार्मा गाउँपालिकाको च्युरानी तथा टेलिकम परिसरभित्र रहेका टावर सञ्चालनका लागि विद्युतीकरण गरिन लागिएको हो ।

जिल्लाका अधिकांश टेलिफोन टावरहरू सौर्य प्रणालीबाट सञ्चालन हुने भएका कारण बेलाबेलामा ऊर्जा आपूर्ति नभएर फोन सेवा अवरुद्ध हुने गरेको टेलिकम दार्चुलाले जनाएको छ । 


मङ्गलबार ०६, चैत २०७४ ०२:५२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस