Dohori Coundown

05:00 PM - 06:00 PM

Thursday, April 26 2018, 17:02 | बिहिबार १३, बैशाख २०७५ १७:०२
बझाङमा रानीखेत रोगको महामारी

मङ्गलबार, ०६ चैत २०७४| Nirmala Khadayat
बझाङमा रानीखेत रोगको महामारी

एफएम संवाददाता
बझाङ, ६ चैत्र ।

बझाङको जयपृथ्वी नगरपालिका भित्र रानीखेत रोग देखा परेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । सुआहार र जिल्ला पशु सेवा कार्यालयले आयोजना गरेको एक गोष्ठिमा रानीखेत रोग बझाङ जिल्लामा समेत देखा परेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख कर्णबहादुर खड्काले बताउनुभयो ।

जयपृथ्वी नगरपलिकाको लुयाँटा, चैनपुर, हेमन्तवाडा, रिठापाटलगायत क्षेत्रमा यो रोग देखा परेको खड्काको भनाई छ । किसानहरुले कुखुरा मर्न थालेको गुनासो गर्नथालेपछि जिल्ला पशु सेवा कार्यलयले तीन वटा कुखुराको ल्याब परीक्षण गर्दा रानीखेत रोग लागेको पुष्टि भएको हो ।

अहिलेसम्म रानीखेत रोगका कारण २ सय ५० भन्दा बढी कुखुरा मरिसकेका छन । रोग फैलन नदिन रानीखेत विरुद्धको खोप अभियान केही दिनमा सञ्चालन गर्न जिल्ला पशु सेवा कार्यलयले पहल थालेको खड्काले जानकारी दिनुभयो ।


मङ्गलबार ०६, चैत २०७४ ०२:४८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस