Dohori Coundown

05:00 PM - 06:00 PM

Thursday, April 26 2018, 17:00 | बिहिबार १३, बैशाख २०७५ १७:००
प्रदेश ७ : अनुगमन, बधाई तथा सम्मान थाप्नमै वित्यो मन्त्रीको एक महिना

एक महिनामा जम्मा तिन दिन मन्त्री परिषद बैठक

मङ्गलबार, ०६ चैत २०७४| Dinesh Thakulla
प्रदेश ७ : अनुगमन, बधाई तथा सम्मान थाप्नमै वित्यो मन्त्रीको एक महिना
मुख्यमन्त्री भट्ट पदभार ग्रहण गर्नुहुदै ।

दिनेश ठकुल्ला
धनगढी, ६ फागुन । 

सात नम्बर प्रदेशमा सरकार गठन भएको एक महिना पुगेको छ । गत फागुन ५ गते मुख्यमन्त्री सहित छ वटै मन्त्रीहरुले एकैसाथ सपल लिएका थिए भने ६ गते पदभार ग्रहण ।

सरकार गठन भएको एक महिना पुगेपनि विविध कारणले जनताले महुसुस गर्ने गरि काम गर्न नसकिएको मुख्यमन्त्री तथा मन्त्रीहरुले स्वृकार गरेका छन । तर, एक महिनामा अधिकाश समय अनुगमन, बधाई तथा सम्मानमै वितेको छ ।

एक महिनामा जम्मा तिन दिन बसेको मन्त्री परिषद बैठकले गरेका निर्णयका विषयमा समेत ठोस प्रगति हुन सकेको छैन ।

मुख्यमन्त्री त्रिलोचन भट्टको एक महिना कसरी वित्यो त ? 

सात नम्बर प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत अन्य छ मन्त्रीले पनि गत फागुन ५ गते सपथ लिएका भने ६ गते पद भार ग्रहण ।

६ गते पदभार ग्रहण गरे लगत्तै मुख्यमन्त्री भट्टले सेती अञ्चल अस्पतालको अनुगमन गर्नुभएको थियो । पदभार ग्रंहण गरेको एक महिनापछि सोमबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय पुग्दा मुख्यमन्त्री भट्ट सेती अञ्चल यातायात व्यवस्था कार्यालयको अनुगमनबाट पुग्नुभयो ।

सोमबार मात्रै हैन, पदभार ग्रहण गरेलगत्तै सेती अञ्चल अस्पतालको अनुगमनबाट सुरु गर्नुभएका भट्टले एक महिनाको अवधिमा अधिकाश सरकारी कार्यालय, ठुला विकाशे आयोजनाको अनुगमन गर्न भ्याईनभ्याई भयो । 

अनुगमनमा मात्रै हैन, एक महिनाका अधिकाश दिन बधाई तथा सम्मान थाप्नमै वित्यो ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार मन्त्री परिषद बैठक एक महिनामा ३ दिन मात्रै बस्यो तर, भट्ट भने बधाई तथा सम्मान कार्यक्रममा दिनहु जसो उपस्थित हुनुभयो ।

भट्ट भने जनताले दिएको बधाई तथा सम्मान थाप्नु बाध्यता भएको बताउनुहुन्छ । 

मुख्यमन्त्री तथा मन्त्रीले पदभार ग्रहण गरेका दिन फागुन ६ गते, फागुन ११ गते र फागुन २३ गतेगरि एक महिनामा मन्त्री परिषद बैठक जम्मा तिन दिनमात्रै बसेको छ ।

मन्त्री परिषदको पहिलो बैठकले भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलता अपनाउने र सुसाशनमा जोड दिने, राष्ट्रिय गौरव आयोजनालाई समयमै सम्पन्न गर्ने, कृषिको उत्पादकत्व बढाउनका लागि माटो परिक्षण गर्ने, पर्यटकीय स्थलको पहिचान गर्दै त्यसको सरक्षण र सम्बर्धन गर्ने, सुचना प्रविधि र विद्युतिय सुसासनमा जोड दिने निर्णय गर्नुका साथै प्रदेश सरकार कार्यविभाजन नियमावली, प्रदेश सरकारको कार्यसम्पादन नियमावली र केही सार्वजनिक लिखत प्रमाणीकरण नियमावलीलाई पनि स्वकृत गरेको थियो ।

दोस्रो बैठकबाट तिनवटा समिति निमार्ण, मन्त्रालयलले प्राथमिकता तोकि कार्ययोजना बनाइ तत्काल लागु गर्ने निर्णय र मन्त्रीका लागि आचार सहिता समेत लागु गरेको थियो भने तेस्रो बैठकले प्रदेश सञ्चालन गर्न आवश्यक पर्ने कानुन फाष्ट्र ट्रयाकबाट निर्माण गर्ने,  प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता कुलानन्द उपाध्याय नियुक्त गर्नुका साथै प्रदेश सदस्यहरुको पारिश्रमिक निर्धारण गरेको थियो ।

मन्त्री परिषदबाट निर्णय गरिएका विषयमा समेत ठोस प्रगति हुन सकेको छैन । 

प्रदेश कार्यालय अस्तव्यस्त, आवश्यक कर्मचारी र कानुनको अभावमा  एक महिनामा सोचे अनुरुपको काम गर्न नसकिएको बताउदै मुख्यमन्त्री भट्ट अव भने जनताले महुसुस हुने गरि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएर प्रदेशको विकाश र सम्बृदिका लागि काम गर्ने प्रतिवद्धता जनाउनुहुन्छ । 

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार एक महिनामा मात्रै सयौ सघसस्था तथा नीजि क्षेत्रले आ–आफना माग सम्बोधन गरिदिन भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन ।

यसले पनि प्रदेश सरकारप्रति प्रदेशवासिका माग र अपेक्षा धेरै रहेको प्रष्ट पार्दछ ।

त्यसैले प्रदेश सरकारले यो वा त्यो बाहानामा विकाश र सम्बृदिको बाटोतर्फ ७ नम्बर प्रदेशलाई लैजानमा ढिला गर्नु हुदैन । 
 


मङ्गलबार ०६, चैत २०७४ ११:०७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस