---
Friday, September 20 2019, 22:37 | शुक्रबार ०३, असोज २०७६ २२:३७
लोकदोहोरीमा जम्दै : गायिका खरेल

आइतबार, ०४ चैत २०७४| Admin
लोकदोहोरीमा जम्दै : गायिका खरेल

निराजन परियार
धनगढी, चैत्र ४ । 

पछिल्लो समयमा सांगीतिक क्षेत्रमा गायिका मालती खरेलको व्यस्तता बढ्न थालेको छ ।

आफ्नो सुमधुर स्वर र गायकीद्वारा दर्शक, स्रोतालाई मन्त्रमुग्ध पार्न सक्ने क्षमता बोकेकी खरेल नेपालमा हुने मेला महोत्सवमा आफना प्रस्तुतिहरु दिईरहेकी छन् । 

कपिलवस्तु जन्म घर भई हाल काठमाण्डौमा कर्मथलो बनाउदै आएकी लोकदोहोरी गायिका मालती खरेल पछिल्लो समय निकै नै  व्यस्त बन्दै गएकी छिन् ।

सानो उमेरमा गाउँघर र स्कुलमा हुने कार्यक्रममा सक्रिय सहभागि हुने खरेलले लोकदोहोरी प्रतियोगिताबाट आफनो गायन यात्रा सुरु गरेकी हुन्

२०७१ सालमा काठमाण्डौ प्रवेश संगै पहिलो एल्बम हाडिगाँउको जात्रा लोकदोहोरी गितबाट औपचारिक रुपमा आफनो साँगितीक यात्रा सुरुवात गरेकी खरेलले क्रमश तिज गित बजाईदेउ डम्मरु, पुर्वैमा घामलाग्यो, हासीहासीँ जिउला,मुटुमा आगो,रानिहजुर लगाएतका गितहरुलाई दर्शक स्रोताहरुले मनपराएका छन् ।

दोकदोहोरी गायिका खरेलले आफना गितहरुमा आफै मोडलिङ्ग समेत गरेकी छन् । 
तिजको मैकापारी बजारमा आएकोे गित सलिसलि बगिआउने भन्ने तिज गितले आफुलाई चिनाउन सफल भएको उनले अब दर्शकहरुमाझ पन्चेबाजाको गित ल्याउने तयारीमा रहेको बताईन् । 

संगीत क्षेत्रका ‘अग्रजहरू घरपरिवारको प्रेरणा र सल्लाह, सुझावले मलाई यो क्षेत्रमा राम्रो गर्न थप हौसला प्राप्त भएको र  भविष्यमा संगीतलाई नै निरन्तरता दिने उनको सोंच छ ।

खरेलले गायन क्षेत्रमा लागेपछि शुभचिन्तकबाट राम्रै प्रतिक्रिया पाएको बताईन् । 

दर्शक÷स्रोताहरुको प्रतिक्रिया र उहाँहरुको मायाले लोकदोहोरी क्षेत्रलाई चटक्कै बिर्सन नसकेको उनको भनाई छ ।


आइतबार ०४, चैत २०७४ ०३:४४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस