---
Saturday, June 23 2018, 00:57 | शनिबार ०९, असार २०७५ ००:५७
मेयर चौधरी गोलीकाण्डका चार आरोपी सार्वजनिक

बिहिबार, ०१ चैत २०७४| Radio Dhangadhi
मेयर चौधरी गोलीकाण्डका चार आरोपी सार्वजनिक

एफएम संवाददाता
धनगढी १ चैत । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई गोली प्रहार गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्बजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनगढीले बिहिबार बिहान पत्रकार सम्मेलन गरी आरोपीहरूलाई सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरुमा घोडाघोडी नगरपालिका १ लक्ष्मीपुर बस्ने ४० वर्षीय कमल क्षेत्री, वडा नम्बर ९ बस्ने ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय पुर्णप्रसाद खनाल र टिकापुर नगरपालिका १ का ३० वर्षीय हृदयराज बोगटी छन् ।

उनीहरु नेकपा माओवादी विप्लव समूहका रहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले घटनामा अन्य ९ जनाको समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै खोजी र अनुसन्धान भइरहेको जानकारी दिनुभयो  ।


बिहिबार ०१, चैत २०७४ ०४:२० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस