BBC Nepali

08:45 PM - 09:15 PM

Thursday, September 20 2018, 21:13 | बिहिबार ०४, असोज २०७५ २१:१३
खानेपानीको चरम समस्यापछि कुवामा ताल्चा

बुधबार, ३० फागुन २०७४| Radio Dhangadhi

एफएम संवाददाता
बैतडी ३० फागुन । खानेपानीको चरम समस्याबाट पीडित बैतडी पाटन नगरपालिका– ५ कनेडामाका बासिन्दाले कुवामा ताल्चा लगाएर  खानेपानीको जोहो गर्न थालेका छन् ।

गाउँमा रहेको कुवामा पानी सुक्दै गएपछि कुवामा ताल्चा लगाएर खानेपानीको जोहो गर्न थालिएको स्थानीयवासी द्रोपती ठगुन्नाले बताउनुभयो । पानीको अभावमा शौचालयको प्रयोग गर्न नसकिएको तथा गाईभँैसीलाई पानी खुवाउन र सरसफाइका लागि खोला जानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

गाउँमा खानेपानी नहुँदा पानीका लागि भौतारिनुपर्ने अवस्था रहेको स्थानीयवासी हरिसिंह ठगुन्नाले बताउनुभयो । गाउँमा दुईवटा कुवा रहेका र दुबैमा पानी सुक्दै गएपछि स्थानीयवासीले ताल्चा लगाएर खानेपानी संरक्षण गर्ने गरेको पाटन नगरपालिका–५ का प्राविधिक सहायक वीरसिंह ठगुन्नाले बताउनुभयो ।

पानीको स्रोतको पहिचान गरी गाउँमा खानेपानी पु¥याउनका लागि पहल गर्न वडा कार्यालयले पाँच लाख बजेट विनियोजन गरिसकेको समेत उहाँले बताउनुभयो ।  
 


बुधबार ३०, फागुन २०७४ ०३:४५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस