Nepali Khabar

05:30 AM - 06:00 AM

Thursday, December 13 2018, 05:53 | बिहिबार २७, मङि्सर २०७५ ०५:५३
जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

बुधबार, ३० फागुन २०७४| Radio Dhangadhi

एफएम संवाददाता
बझाङ ३० फागुन । बझाङमा जीप दुर्घटना हुँदा २ जना महिलाको ज्यान गएको छ ।

दुर्घटनामा छविसपाथीभेरा गाउँपालिका–५, की ५२ वर्षीय सोनकोसा जाग्री र ४८ वर्षीय रुद्रा जाग्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान छविसपाथीभेराको ब्याँसी थलाराबाट भाँडे बजारतर्फ आउँदै गरेको से १ ज ६१५ नम्बरको जीप नेटारेल्यामाटी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन्  । घाइते हुनेका छविसपाथीभेरा–५, कै जमान धामी र देबराज जाग्री रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते दुवै जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।   


बुधबार ३०, फागुन २०७४ ०३:३६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस