Nepali Khabar

05:30 AM - 06:00 AM

Thursday, December 13 2018, 05:50 | बिहिबार २७, मङि्सर २०७५ ०५:५०
१५ वर्षमा बिवाह गरेकी सदिक्षाले २२ वर्षमा तिन वटा छोरी जन्माईन्

बुधबार, ३० फागुन २०७४| Radio Dhangadhi
१५ वर्षमा बिवाह गरेकी सदिक्षाले २२ वर्षमा तिन वटा छोरी जन्माईन्

एफएम संवाददाता
बझाङ ३० फागुन । बझाङको विकट गाउँ दुर्गाथली गाउँपालिका–५ भलानेकी सदिक्षा जप्रेलले शैनपसेला स्वास्थ्य चौकीमा तीन वटा छोरी जन्माएकी छन ।

१५ वर्षको उमेरमा बिवाह गरेकी जपे्रलले २२ वर्षको उमेरमा पहिलो पटक छोरी जन्माएको सदिक्षा जपे्रलकी सासु अञ्जना जपे्रलले जानकारी दिनुभयो ।

उहाँले सोमबार सामान्य तरिकाले तीनवटा छोरी जन्माउनुभएको हो । अहिले जप्रेल र उहाँका तीन वटै छोरी स्वस्थ रहेका छन ।

जप्रेलले तीनवटा छोरी जन्माए पछि छिमेकी गाउँ दौला, सैनपसेला, दुर्गाथली, भलानेलगायतका ठाउँबाट छोरी हेर्न जानेको भिड लागेको छ । तीन वटै छोरीको नाम पनि राखिसकेको अञ्जना जप्रेलले बताउनुभयो ।

उहाँका अनुसार जेठी छोरीको नाम आकृती, माईली छोरीको नाम प्रकृती र कान्छी छोरीको नाम संस्कृती राखीएको छ ।  


बुधबार ३०, फागुन २०७४ ०३:३३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस