Nepali Bahas

06:00 AM - 07:00 AM

Thursday, December 13 2018, 06:14 | बिहिबार २७, मङि्सर २०७५ ०६:१४
बिहे गर्न नमानेपछि कञ्चनपुरमा युवतीमाथि निर्घात कुटपिट

बुधबार, ३० फागुन २०७४| Hari Joshi
बिहे गर्न नमानेपछि कञ्चनपुरमा युवतीमाथि निर्घात कुटपिट

महेन्द्रनगर ३० फागुन । आफूसँग बिहे गर्न नमानेपछि कञ्चनपुरको भीमदत्त नगरपालिमा २४ वर्षिय युवति माथि निर्घात कुटपिट गरिएको छ ।

आज बिहान १० बजे युवतिकै घरमा आएर भीमदत्त नगरपालिका–१० गड्डाचौकीका २७ वर्षिय राकेश चन्दले निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट युवतिको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ ।

राकेशले युवतिलाई आफूसँग विवाह गर्न दबाब दिँदै आएको जनाइएको छ । राकेशले घरमै आएर औलाहरूले आँखा घोचेको र अनुहारमा उम्लिरहेको घ्यू फालिदिएको युवतिका आफन्तले बताएका छन् ।

युवतिको महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको गेटा आँखा अस्पताल रेफर गरिएको छ । घरमा रहेकी आमाले छोरीमाथि कुटपिट हुँदा रोक्न खोजेपछि आमामाथि समेत कुटपिट गरिएको जनाइएको छ ।

घरमा आमा र छोरी मात्रै बस्ने गरेका थिए ।युवतिमाथि कुटपिट गर्ने राकेश चन्दको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


बुधबार ३०, फागुन २०७४ ०३:३३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस