BBC Nepali

08:45 PM - 09:15 PM

Wednesday, May 23 2018, 20:48 | बुधबार ०९, जेठ २०७५ २०:४८
फेसबुक म्यासेन्जर लाइटबाट अब भिडियाे कल

बुधबार, ३० फागुन २०७४| Radio Dhangadhi
फेसबुक म्यासेन्जर लाइटबाट अब भिडियाे कल

म्यासेन्जरलाई छुट्टै एपको रुपमा प्रवर्द्धन गरिरहेको सामाजिक सञ्जाल फेसबुकले म्यासेन्जर लाइट एप्सबाट भिडियो कल गर्न मिल्ने सुविधा थप गरेकाे छ।

म्यासेन्जर लाइटको पुरानो एन्ड्रोइड भर्सन एवं सुस्त इन्टरनेट हुँदा पनि यो एप्सबाट भिडियो कल गर्न सकिने फेसबुकको दाबी छ।

‘म्यासेजिङमा भिडियो च्याट सञ्चारको दैनिक साधन बन्दै गएको छ’, फेसबुकले भनेको छ, ‘फेस टु फेस च्याटिङ तत्तक्षण सञ्चार गर्न एउटा पूर्ण माध्यम बनेको छ।’

फेसबुक म्यासेन्जरबाट अघिल्लो वर्ष १७ बिलियन पटक भिडियो च्याट भएको थियो। भिडियो च्याटको यो प्रयोग सन् २०१६ को तुलनामा दोब्बर हो। यसअघि फेसबुकले म्यासेन्जर लाइटमा टेक्स म्यासेजिङ, फोटो, अडियो तथा लिंक पठाउने सुविधा मात्र उपलब्ध गराउँदै आएको थियो।

म्यासेन्जर लाइटमा यो सुविधा आजैदेखि थप हुने फेसबुकले जनाएको छ। मेसेन्जर लाइटकाे एन्ड्राेइड एप्स एक अर्बभन्दा बढी डाउनलाेड भएकाे छ।


बुधबार ३०, फागुन २०७४ ११:०६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस