BBC Nepali

08:45 PM - 09:15 PM

Wednesday, May 23 2018, 20:51 | बुधबार ०९, जेठ २०७५ २०:५१
युवा आकर्षण सिलाइकटाइ प्रति बढ्दो

सिलाई कटाईबाट मनग्य आम्दानी गदै

मङ्गलबार, २९ फागुन २०७४| Hari Bhatta
युवा आकर्षण सिलाइकटाइ प्रति बढ्दो

हरि भट्ट
धनगढी २९ फागुन ।  कैलाली कञ्चनपुरमा पछिल्लो समय सिलाइ कटाइमा आकर्षण बढ्दो छ ।

सानो रकमै व्यवसाय सञ्चालन गर्न सकिने र राम्रै आम्दानी गर्न सकिने भए पछि सिलाइ कटाइ तर्फ आकर्षण बढ्दै गएको छ । तर सिपको प्रयाप्त प्रवर्धन र राज्यले सिलाइ कटाइमा लगानी गर्न भने खासै ध्यान दिन भने सकेको छैन् ।

रोजगारीको राम्रो माध्यम भएकोले सिलाइकटाइ क्षेत्र तर्फ महिलाको आकर्षण बढ्दै गएको दशक बढी समय देखी सिलाइ कटाइ गर्दै आउनु भएकी टिकापुर टेलर संघकी कोषाध्यक्ष भद्रा रोका क्षेत्रीले बताउनुभयो ।  

 केहि वर्ष अघि सम्म दलित समुदाय मात्रै गर्ने पैशाको रुपमा चिनिए पनि अहिले सिलाइ कटाइ तर्फ सबै जात र वर्गका व्यक्ती आकर्षीत भएका छन् ।

बदलिदो समाज सँगै आत्मनिर्भरको राम्रो बाटो बनेपछि सिलाइकटाइमा आकर्षण बढेको धनगढी स्थित मोर्डन तयारी पोशाकका सञ्चालक प्रकाश दर्जीले बताउनुभयो ।  

सानो पुजीमा पनि राम्रै व्यवसाय गर्न सकिने भएकोले युवा आकर्षण सिलाइकटाइ प्रति बढ्दो छ ।

तर सिपको विकास र व्यवसायको प्रवद्धनका लागि सरकारी तथा गैर सरकारी निकायको प्रयास निकै न्युन रहेका कारण सिप प्रवद्धन भने हुन सकेको  धनगढी उपमाहानगरपालीका वडा नंम्बर १ मा स्थानियबासि तथा सिलाइ कटाइ व्यवसायी सघं कैलालीका कोषाध्यक्ष केशवराज जोशीले बताउनुभयो ।

आत्मनिर्भर र स्वरोगार सृजना गर्ने भन्दै युवालाइ लक्षित गरि सरकारले युवा स्वरोजगार कार्यक्रम घोषणा नगरेको पनि होइन् ।

तर युवा लक्षित वर्गसम्म पुग्न नसकेको गुनासो नेपाल कपडा तथा सिलाइ व्यवसायी संघका राष्ट्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठले गर्नुभयो ।

यो पेसामा लागेका सबै जना सन्तुस्ट भएको देखीन्छन । धेरै जसो व्यवसायीले भने दक्ष जनशक्ति नपाएको गुनासो पनि गरेका छन ।

त्यसैले सरकारले सिपको प्रयाप्त प्रवर्धन र राज्यले सिलाइ कटाइमा लगानी गर्न उनीहरुले माग गरेका छन । 
 


मङ्गलबार २९, फागुन २०७४ ०७:०९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस