---
Saturday, June 23 2018, 01:02 | शनिबार ०९, असार २०७५ ०१:०२
सडक दुर्घटनामा एक जनाको मृत्यु

मङ्गलबार, २९ फागुन २०७४| Radio Dhangadhi

एफएम संवाददाता
धनगढी २९ फागुन । कञ्चनपुरको महेन्द्रनगर राजमार्ग सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

भिमदत्त नगरपालिका–६, वनगाउँमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । अटो महेन्द्रनगरबाट गड्डाचौकीतर्फ जाने क्रममा सडक छेउमा रहेको विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनामा चालक गम्भीर घाइते भएको र उहाँको महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

अनटेस्ट अटो भएकाले मृतकको शनाखत हुन नसकेको प्रहरीको भनाई छ । मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको र आफन्तको खोजी कार्य भइरहेको कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले जानकारी दिनुभयो ।

यस्तै, माटोको ढिस्कोले पुरिएर बैतडीमा मङगलबार तीनजना मजदुर घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइते हुनेहरुमा दशरथचन्द नगरपालिका १ श्रीखण्डका ५२ बर्षीय मानप्रसाद भट्ट, ३५ बर्षीय गोविन्दप्रसाद भट्ट र ३५ बर्षीय गणेशदत्त भट्ट रहेका छन् ।

घाइते मध्ये मानप्रसाद र गोविन्दको अवस्था गम्भीर रहेको प्रहरीचौकी गुरुखोलाका प्रहरी सहायक निरीक्षक जयसिंह भाटले जानकारी दिनुभयो ।

गम्भीर घाइते दुवै जनालाई उपचारका लागि भारतको पिथौरागढ लगिएको छ भने गणेशदत्त भट्टको जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

उता, डडेल्धुरामा जीप र मोटरसाइकल एकआपसमा ठोक्किदा एकजना घाइते भएका छन् ।

अमगरगढी नगरपालिका ५ तुफाडाँडामा आज दिउँसो १ बजेतिर मोटरसाइल र जीप ठोक्किदा मोटसाइलक चालक घाइते भएका हुन् ।

उहाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ । 


मङ्गलबार २९, फागुन २०७४ ०६:५१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस