Khabar Raftar

06:30 PM - 07:00 PM

Friday, June 22 2018, 18:52 | शुक्रबार ०८, असार २०७५ १८:५२
घोडाघोडीमा मेयरमाथि गोली र खुकुरी प्रहार : अवस्था गम्भिर

सोमबार, २८ फागुन २०७४| Dinesh Thakulla
घोडाघोडीमा मेयरमाथि गोली र खुकुरी प्रहार : अवस्था गम्भिर

दिनेश ठकुल्ला
धनगढी, फागुन २८ । 

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि अज्ञात समुहले गोली प्रहार गरेको छ ।

आज राति साढे ८ बजे मोटरसाइकलमा आएका व्यक्तिको समुहले चौधरीको घरमै आएर गोली प्रहार गरेको कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिनुभयो  । १०÷१२ जनाका संख्यामा आएको नचिनेको समूहले चौधरीको घरमै आएर गोली र खुकुरी प्रहार गरेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

चौधरीको टाउकोमा खुकुरी प्रहार र खुट्टामा गोलीको छर्रा लागेको छ । उपचारका लागि घोडाघोडी अस्पतालमा पुर््याइएका उनलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

मेयर चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चौधरीलाई घोडाघोडीमा केही दिन पहिले भएको बोक्सी काण्डमा दोषीको बचाउ गरेको आरोप छ ।
 


सोमबार २८, फागुन २०७४ ०९:४४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस