Nepali Khabar

05:30 AM - 06:00 AM

Thursday, December 13 2018, 05:52 | बिहिबार २७, मङि्सर २०७५ ०५:५२
साल्टट्रेडीङद्धारा २२ करोड भन्दा बढीको आर्थिक कारोबार

सोमबार, २८ फागुन २०७४| Radio Dhangadhi
साल्टट्रेडीङद्धारा २२ करोड भन्दा बढीको आर्थिक कारोबार

हरि भट्ट
धनगढी २८ फागुन । नेपाल साल्टट्रेडीङ कर्पोरेसन क्षेत्रिय कार्यालय धनगढीले चालु आर्थिक बर्षको हाल सम्ममा २२ करोड ७८ लाख ७ हजारको आर्थिक कारोबार गरेको छ ।

गत आर्थिक बर्षमा ३१ करोड ९५ लाख ७८ हजारको आर्थिक कारोबारे कर्पोजिसनले गरेको थियो ।  आर्थिक बर्ष सकिन ४ महिना बाकि रहदा गत बर्षको भन्दा झन्डै ११ करोड कम को आर्थिक कारोबार भएको पाएको छ ।

यो बर्ष गत बर्षको भन्दा मलको कारोबार कम भएकाले गत बर्षको भन्दा आर्थिक कारोबार पनि कम भएको कर्पोजिसनले जनाएको छ । अझै मलको कारोबारहुने सीझन बाकी रहेकाले गत बर्षको जति नै आर्थिक कारोबार गर्न सकिने नेपाल साल्टट्रेडीङ कर्पोजिसन क्षेत्रिय कार्यालय धनगढीकाकार्यालय प्रमुख केशव प्रसाद पाण्डेले बताउनुभयो ।

चालु आर्थिक बर्षमा कर्पोजिसनले ७ करोड ८२ लाख २३ हजारको नुन बिक्री गरेको छ । यस्तै मल १४ करोड ६३ लाख ८ हजारको र चिनि ३३ लाख ३५ हजार ४ सयको कारोबार गरेको छ । गत बर्ष नुनको ११ करोड ८५ लाखको कारोबार गरेको थियो ।

यस्तै मलको २० करोड ३१ लख ४९ हजारको र चिनिको ९ लाख २५ हजारको कारोबार भएको कर्पोरेसनले जनाएको छ । कर्पोरेसनले यो बर्ष ३२ करोडको लक्ष्य राखेकाले तो लक्ष्य हासील गर्ने पाण्डेले बताउनुभयो ।

कर्पोजिसनले नुन, मल र चिनिको कारोबार गदै आएको छ । यसमा सरकारको लागानी भन्दा बढी जनताको लगानि रहेको बताईएको छ । 
 


सोमबार २८, फागुन २०७४ ०७:०८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस