Nepali Khabar

05:30 AM - 06:00 AM

Thursday, December 13 2018, 05:48 | बिहिबार २७, मङि्सर २०७५ ०५:४८
बोक्सीको आरोपमा युवती कुटपिट गर्नेलाई ७ दिनको म्याद थप गरि अनुसन्धान सुरु

मिलापत्र गराउने सुख्खडका सई निलम्बनमा

सोमबार, २८ फागुन २०७४| Dinesh Thakulla
बोक्सीको आरोपमा युवती कुटपिट गर्नेलाई ७ दिनको म्याद थप गरि अनुसन्धान सुरु

दिनेश ठकुल्ला
धनगढी २८ फागुन । कैलालीको घोडाघाडी नगरपालिका–५ देउकलीमा विहीबार राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्नेलाई ७ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।

आईतबार अदालतबाट म्याद थप गरि असुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ । यसका साथै घटनाको मिलाउत्र गराउने सुख्खड इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख दिनेश विष्ट निलम्बनमा परेका छन् भने घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीमाथि एमालेले पनि कारवाही प्रक्रिया अगाढी बढाएको छ ।

विश्वमा नारी दिवस मनाईरदा कैलालीको घोडाघाडी नगरपालिका–५ देउकलीमा विहीबार राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने आफुलाई भोलेबाट बताउने राम बहादुर चौधरी र किस्मती भनिने किस्मत चौधरीलाई ७ दिनको म्याद थप अनुसन्धान गरिएको छ ।

भोलेबाट बताउने राम बहादुर चौधरीले डिडित राधालाई कोक्सीको आरोपमा कुटपिट गरेका थिए भने किस्मती भनिने किस्मत चौधरीले राधालाई घरबाट राम  बहादुर चौधरीको घरमा घिसार्दै घिसार्दै ल्याएकी हुन ।

उनीहरुविरुद्ध बोक्सी आरोप कसुर र सजाय ऐन २०७२ अनुसार मुद्धा दर्ता गरेर आईतवार अदालतबाट म्याद थप गरि अुसन्धान अगाढी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सागर बोहराले बताउनुभयो ।

शिवजी रुप धारण गरेका झाँक्री रामबहादुर चौधरीसँग ८ दिनका लागि बिहे गरेको बताउने किस्मतिलार्य प्रहरीले आईतवार मात्रै पक्राउ गरेको हो । पीडित छात्रा राधालाई घरबाट उठाएर झाँक्रीको घरसम्म लैजाने अन्य महिलाहरु भने अझैसम्म पक्राउ परेका छैनन ।

उक्त घटनामा संलग्न अन्यको पनि खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई ७ वर्षसम्म जेल सजाय तथा १ लाख रुपैया भन्दा बढी रुपैया जरिवाना हुनसक्ने   जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक बोहराले बताउनुभयो ।

यस्तै, ‘बोक्सी’को आरोपमा कुटपिट गर्नेहरुलाई छाडेको भन्दै सुख्खड इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख दिनेश विष्ट निलम्बनमा परेका छन् ।

प्रदेश प्रहरी कार्यालयले सई विष्टलाई निलम्बन गर्न सिफारिस गरेको हो । पिडितले उजुरी गर्दा पनि मुद्धा दर्ता नगरि उल्टै मिलापत्र गराएको भन्दै विष्टलाई ६ महिनासम्मका लागि निलम्बन गरि अनुसन्धान कार्य अगाढी बढाईएको प्रदेश प्रहरी प्रमुख एआईजी माधवप्रसाद नेपालले बताउनुभयो ।

‘बोक्सीकाण्ड’ मा मुछिएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि नेकपा एमालेले कारवाही प्रक्रिया अघि बढाएको छ ।

विमल जोशीको सयोजगत्वमा ३ सदस्यीय छानविन कमिटी समेत गठन गरिएको छ । अपराधीलाई छुटाउने कार्यमा मेयर चौधरीको पनि संलग्नबारे समाचार सार्वजनिक भएपछि उक्त विषय र समग्रको घटनाको अध्ययन गरि  जिल्ला कमिटिलाई बझाउने  समितिका सयोजक विमल जोशीले बताउनुभयो ।

गत विहीबार स्थानीय युवती राधा चौधरीमाथि झाँक्री रामबहादुर चौधरीले दुर्व्यबहार गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको समाचार आएपछि एमालेले उहाँसग स्पष्टीकरण समेत लिएको छ ।

मेयर चौधरी एमाले जिल्ला कमिटी सदस्य तथा बुद्धिजीवी परिषदका जिल्ला उपाध्यक्षसमेत हुनुहुन्छ । मेयर चौधरीको दोष देखिए पार्टीले कडा कारवाही गर्ने एमालेले जनाएको छ । 
 


सोमबार २८, फागुन २०७४ ०४:२९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस