Khabar Raftar

06:30 PM - 07:00 PM

Friday, June 22 2018, 18:59 | शुक्रबार ०८, असार २०७५ १८:५९
किन हुदै छ महिलामाथि दिनप्रतिदिन हिंसा, यस्तो छ कारण

हिसा रोक्न कडा कानुनको आवश्यकता

सोमबार, २८ फागुन २०७४| Hari Bhatta
किन हुदै छ महिलामाथि दिनप्रतिदिन हिंसा, यस्तो छ कारण
कोठ कार्यक्र सहरमा मात्रै सीमित हुदा,  महिलामाथि हिसा गर्नलाई कडा सजाए नदिदा, शिक्षित मानिसले नै महिला माथि हिंसा गर्दा, मानिसमा व्यवाहारीकताको खाचाको कारण महिलाले कहिले बोक्सी, कहिले दाईजो प्रथा त कहिले अन्य कारणले पिडीत हुनुपरेको छ ।

हरि भट्ट 
धनगढी २८ फागुन । कैलाली जस्तो जिल्लामा दिन प्रतिदिन महिला प्रति हुने हिंसा अझै रोकिएका छैनन । परम्परागत सोच तथा रुडीबाढी परम्परा अझै हट्न नसक्दा यस्तो घटना दोहोरिरहेका छन ।

जसका कारण महिलाले कहिले बोक्सी, कहिले दाईजो प्रथा त कहिले अन्य कारणले पिडीत हुनुपरेको बताईएको छ । मानिस जति ,शिक्षित भए पनि मानसिकतामा परिवर्तन नहुदासम्म माहिला माथि हुने घटना नरोकीने मानव अधिकार कर्मिले बताएका छन ।

महिला दिवसकै दिन महिला हिंसा

बिहीबार देशभर धुमधामसँग अन्तर्रा्ष्ट्रिय महिला दिवस मनाइरहेका थिए । पुरुषहरुले पनि महिलालाई समान व्यवहार गर्ने मात्र होइन, महिला हिंसाविरुद्ध हातमा हात मिलाएर लड्ने प्रतिवद्धता जनाका थिए ।

तर, कैलालीको घोडाघाडी नगरपालिका ५ देउकलीमा भने २० वर्षीया एक युवती भने लगातार ६ घन्टासम्म कुटपिटमा परिन् । आफूलाई भोले बाबा बताउनले ताण्डव नृत्य देखाइरहँदा सिंगो वस्तीका मानिस घेरा हालेर रमिता हेरिरहे । 
कोठ कार्यक्र सहरमा मात्रै सीमित
सहरका होटलहरुमा कोठ कार्यक्र गरिएपनि  गाउघर तिर खासै जनचेतना मुलक कार्यक्रम नगरिदा पनि यस्ता घटनाले प्रसय पाईरहेको छ ।

सहरका ठुलाठुला होटलहरुमा शिक्षित तथा जाने बुझेकालाई बोलाएर कार्यक्रम धेरै हुने गरे पनि गाउ तिर समाज, टोलमा अझ पनि कसैले जनचेतना मुलक कार्यक्रम गरेको पाईदैन ।

जवसम्म मानिसमा रुढीबाढी सोच र परम्पराको अन्त्य हुन सक्दनै तवसम्म महिला माथि हुने यस्था घटनाको अन्त्य नहुने   दलित महिला अधिकार मञ्चकी अध्यक्ष सावित्रा घिमिरले बताउनुभयो ।  

महिलामाथि हिसा गर्नलाई कडा सजाए नदिदा
समाजमा कुसस्कार र कुरीतिका नाममा महिलामाथि हिसा गर्नलाई कडा सजाए नदिदा पनि यस्तो घटना दोहोरिने गरेको बताईएको छ ।

सरकारले बनाएका निती नियम तथा कानुनलाई सरकारले नै कडा रुपमा लागु नगर्दा दिनप्रतिदिन समाजमा अमानविय घटना घट्दै गएको बताईएको छ ।

त्यसैले त्यस्ता हिसा गर्नेर्ला कडा भन्दा कडा कारवाही गर्नुपर्ने अनौपचारीक सेवा केन्द ईन्सेकका क्षेत्रिय संयोजक खडक राज जोशिले बताउनुभयो ।

शिक्षित मानिसले नै महिला माथि हिंसा गर्दै  
कैलाली जस्तो शिक्षित भएको जिल्लामा महिलाहरु माथि दिनप्रतिदिन जगन्य अपराध हुदै आएको छ भने धुरधराजमा झन कति अपराध हुदै आएको होला ।

मानिस प्रयाजसो जानिजानि गदै आएको कतिपयले बताउने गरेका छन ।

मानिस परम्परा गत समाज देखी २१ औं शताब्दीको समजामा आई पुग्दा पनि आफुलाई समय अनुसार परिवर्तन गर्न नसक्दा महिलामाथि हिंसा हुदै आएको कतिपयले बताउने गरेका छन ।

पछिल्ला समयमा अशिक्षित मानिसको भन्दा पनि शिक्षित मानिसले नै महिला माथि हिंसा गर्दै आएको जनाईएको छ । यसबाट प्रस्ट थहा हुन्छ कि मानिसले कागजि शिक्षा हाँसील गरे तर व्यवहारीक शिक्षा हाँसील गर्न अझै सकेनन ।

यतिले गर्दा मात्र नभई मानिसले आफनो बहादुरी, विजय सम्झेर पनि महिला माथि कहिले बोक्सी, कहिले अन्य कारणले कुटपिट गर्दै आएको समाजशास्त्र तथा मानवशास्त्रले बताउने गरेका छन ।

अशिक्षित भनिएको परम्परागत समाजबाट शिक्षित मानिने आधुनिक समाजमा आएर मानिसले महिलामाथि हिंसा गरेर बहादुरी विजय नसम्झी महिला माथि गर्ने अमानविय व्यवाहारलाई परिवर्तन गर्नुपर्ने कैलाली बहुमुखी क्याम्पसका समाजशास्त्र तथा मानवशास्त्रका उपप्रध्यापक तिलक बलमे बताउनुभयो ।

मानिसमा व्यवाहारीकताको खाचो  
हो वर्तमान समयमा समाजमा पढेलेखेका मानिस छैनन भन्न सकिन । समाजमा प्राय सबैले पढेका छन ।

जसले पढेका छैन उनिहरुका छोरा छोरीले त पढेकै छन । यतिमात्र होईन मानिसले स्कुल क्याम्पस गएर शिक्षा नलिए पनि चलचित्र, सञ्चार माध्यमबाट केहि कुरात सीके कै छन् ।

मानिस शिक्षित पनि छन , उनिहरुले फिलिम, सञ्चार माध्यमबाट व्यवाहारीक शिक्षा पनि लिएका छन । तर त्यसलाई व्यवहारमा लागु थर्न नसक्दा समाजमा अमानविय घटना घट्दै गएको अधिकार कर्मिले बताउने गरेका छन ।   
 

 


सोमबार २८, फागुन २०७४ ०४:१२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस