
बैतडी २८ फागुन । बैतडीको पाटन नगरपालिकाका जनप्रतिनिधिले स्थानीयस्तरमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन तथा बालबालिकाका सवाललाई योजना र कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् ।
पाटन नगरपालिकालाई निकट भविष्यमै बालमैत्री नगरपालिका बनाउने उद्देश्यसहित जनप्रतिनिधि र सरोकारवालाले १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।
यसका साथै नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउनका लागि प्रतिबद्धता गरिएको नगरप्रमुख केशवबहादुर चन्दले बताउनुभयो । प्रतिबद्धता पत्रमा नगरपालिकाले आगामी दिनमा सञ्चालन गरिने कार्यक्रममा बालबालिकाका योजनालाई अनिवार्य रूपमा समावेश गर्ने, विपद् व्यवस्थापनका कुरालाई ध्यान दिएर योजना निर्माण गर्ने लगायतका छन् ।
पाटन नगरपालिकाअन्तर्गत गाभिएको साबिकको सिद्धेश्वर गाविस बालमैत्री घोषणा भइसकेको र वडा नं १ लाई पनि निकट भविष्यमै बालमैत्री घोषणाको तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।
सोमबार २८, फागुन २०७४ ०३:२२ मा प्रकाशित ।
रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!