Nepali Bahas

06:00 AM - 07:00 AM

Thursday, December 13 2018, 06:09 | बिहिबार २७, मङि्सर २०७५ ०६:०९
क्षतिपूर्तिको माग गर्दै डोटी बन्द

सोमबार, २८ फागुन २०७४| Radio Dhangadhi
क्षतिपूर्तिको माग गर्दै डोटी बन्द

धनगढी २८ फागुन । से २ त ९०८ नम्बरको ट्रयाक्टरले एक बालकलाई ठक्कर दिँदा घटनास्थलमा नै बालकको ज्यान गएपछि क्षतिपूर्तिको माग गर्दै बालकका आफन्तले डोटी बन्द गराएका छन् । क्षतिपूर्तिको माग गर्दै उनीहरुले गएरातिदेखि डोटीमा चक्का जाम गरेका छन् । 
शिखर नगरपालिका–१, खाती गाउँका ३ वर्षीय विश्वास खातीलाई आइतबार राजपुर बजारमा ट्रयाक्टरले ठक्कर दिँदा उनको घटना स्थलमै ज्यान गएको थियो । ठक्कर दिने ट्रयाक्टर मालिकसँग १२ लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै मृतकका आफन्तले डोटीमा चक्का जाम गरेका हुन् । 
चक्का जामका कारण तराईबाट अछाम, बाजुराका लागि आएका दजनौं सवारी साधनहरु अहिले डोटीको कुल्पातेमा जाममा परेका छन् । 
उक्त गाडीमा भएका सयौं यात्रुहरु बिच बाटोमै अल्पत्रमा परेका छन् । मृतकका आफन्तसँग बाटो खोल्ने विषयमा वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतकका आफन्तले कुलपातेमा ढुंगा, मुडा तेस्यायर बाटो अवरोध गरेका छन् ।
 


सोमबार २८, फागुन २०७४ ०३:१२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस