Nepali Khabar

05:30 AM - 06:00 AM

Thursday, December 13 2018, 05:52 | बिहिबार २७, मङि्सर २०७५ ०५:५२
थुनुवाले तोडे अनशन

सोमबार, २८ फागुन २०७४| Radio Dhangadhi
थुनुवाले तोडे अनशन
कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जुस खुवाएर उनीहरुको अनशन तोडनुभएको छ ।

धनगढी २८ फागुन । कैलाली कारागारका २४ जना थुनुवाले अनशन स्थगित गरेका छन् । टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई सांसद प्रमाणपत्र वितरण तथा सपथ खुवाउनुपर्ने लगायतका माग राखेका उनीहरुले स्थानीय प्रशासनसँग चार बुँदे सहमति भएपछि अनशन स्थगित गरेका हुन् । 
कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जुस खुवाएर उनीहरुको अनशन तोडनुभएको हो ।  
कैलाली १ बाट निर्वा्चित भएका रेशम चौधरीको सपथका लागि सम्बन्धित निकायहरुमा जिल्ला प्रशासन कार्यालयले अविलम्व जानकारी गराउने, टीकापुर घटनामा थुनिएकालाई लगाइएका मुद्दा फिर्ता लिन र क्षतिपू्िर्तका लागि १५ दिन भित्र सम्वोधन गरिनुपर्ने सर्त राखेर उनीहरुले अनशन तोठेका छन् । 
१५ दिन भित्र आफ्ना माग पूरा नभऐ पुनः आमरण अनशन गर्ने उनीहरुले चेतावनी दिएका छन् । रेशम चौधरीलाइ सपथ दिलाइनुपर्ने, टीकापुर घटनामा थुनिएका सवैलाइ रिहा गरिनुपर्ने मागसहित कैलाली कारागारमा टीकापुर घटनामा पक्राउ परेका २४ जना फागुन २० गतेबाट आमरण अनशनमा बसेका थिए ।
 


सोमबार २८, फागुन २०७४ ०३:०८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस