Bollywood Hindi Hit's Songs

11:00 AM - 12:00 PM

Wednesday, August 22 2018, 11:50 | बुधबार ०६, भदौ २०७५ ११:५०
सबै विश्वविद्यालयमा स्ववियु आवश्यक

सोमबार, २८ फागुन २०७४| Radio Dhangadhi
सबै विश्वविद्यालयमा स्ववियु आवश्यक
अनेरास्ववियूका अध्यक्ष नविना लामा, नेविसंघका अध्यक्ष नैनसिंह महर र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ

काठमाण्डौ २८ फागुन । प्रमुख तीन विद्यार्थी संगठनहरूले सबै विश्वविद्यालयका आङ्गिक तथा सम्वन्धन प्राप्त कलेजहरुमा स्ववियु निर्वाचन गर्न माग गरेका छन्।

राजधानीमा बसेको बैठकपछि अनेरास्ववियूका अध्यक्ष नविना लामा, नेविसंघका अध्यक्ष नैनसिंह महर र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संयुक्त विज्ञप्ति जारी गरेका छन्।

बैठकपछि प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविधद्यालय, नेपाल संस्कृत विश्वविद्यालय लगायतका सम्पूर्ण विश्वविद्यालय अन्तर्गतका सम्वन्धन प्राप्त तथा आंगिक कलेजहरुमा विद्यार्थीहरुको हकहितका लागि साझा, स्वतन्त्र र निर्वा्चित मञ्चको रुपमा अविलम्ब स्ववियु निर्वाचनको मिति घोषणा गर्न सम्पुर्ण विश्वविद्यालयका उपकुलपति ज्युहरुलाई जोडदार माग गर्दछौं ।’

प्रमुख तीन विद्यार्थी संगठनले नेपालको संविधान अनुरुप शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न यसै शैक्षिक सत्रबाट लागु हुने गरी आधारभूत तथा माध्यमिक तहसम्म निशुल्क शिक्षाको ग्यारेण्टी गर्न सरकारलाई ध्यानाकर्षण पनि गर्ने भएका छन्।


सोमबार २८, फागुन २०७४ ११:०१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस