---
Sunday, August 19 2018, 09:11 | आइतबार ०३, भदौ २०७५ ०९:११
धावन मार्ग राजनीतिक दलका सभा गर्ने थलो

सोमबार, २८ फागुन २०७४| Radio Dhangadhi
धावन मार्ग राजनीतिक दलका सभा गर्ने थलो
दार्चुलाको गाकुलेश्वर विमानस्थल

दार्चुला २८ फागुन । दार्चुलाको गाकुलेश्वर विमानस्थल २४ वर्षदेखि बन्द अवस्थामा छ । हाल यहाँको धावन मार्गमा राजनीतिक दलका सभा सञ्चालन हुने गर्छन् । धावन मार्गमा बनाइएको मञ्चबाट प्रत्येक नेताले विमानस्थल आफ्नै पालामा सञ्चालन गर्ने भाषण दिन्छन्, कार्यकर्ता ताली बजाउँछन् । 
    विसं २०४८ देखि २०७४ सालसम्म दार्चुलाबाट निर्वाचन जित्ने र हार्ने कुनै पनि नेताले गोकुलेश्वर विमानस्थल सञ्चालन हुँदैन भनेका छैनन् । विडम्बना, छिमेकी जिल्ला बैतडीको पाटनमा रहेको विमानस्थल कालोपत्र हुँदा गोकुलेश्वर विमानस्थलमा गाईवस्तु चरिरहेका छन् । 
अपार पर्यटकीय र व्यापारिक सम्भावना बोकेको जिल्लाको पर्यटन प्रबद्र्धन नहुनुको पछाडि विमानस्थल सञ्चालन नहुनु पहिलो कारण बनेको छ । कैलालीको धनगढीबाट ३४५ किलोमिटर सडक दूरी पार गरेर दार्चुला सदरमुकाम खलंगा पुगिन्छ । यात्रा निकै कष्टप्रद हुन्छ । विमानस्थल सञ्चालनमा आउँदा पर्यटकीय सम्भावना मात्रै बढ्ने छैन, यहाँ आउने कर्मचारीलाई पनि सहज हुनेछ । 
कष्टप्रद यात्रा देखेर कर्मचारी, विकास साँझेदार र विज्ञहरू यहाँ आउन मान्दैनन् । विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी गर्न प्राविधिक टोलीले स्थलगत अध्ययन गरेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले जानकारी दिनुभयो । 


सोमबार २८, फागुन २०७४ १०:५२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस