BBC Nepali

08:45 PM - 09:15 PM

Thursday, September 20 2018, 21:10 | बिहिबार ०४, असोज २०७५ २१:१०
ट्याक्टरले ठक्कर दिदा  साईकल चालकको मृत्यु

सोमबार, २८ फागुन २०७४| Radio Dhangadhi
ट्याक्टरले ठक्कर दिदा  साईकल चालकको मृत्यु

धनगढी २८ फागुन । कैलालीको गोदावरी नगरपालिकामा ट्याक्टरले ठक्कर दिदा एक जना साईकल चालकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन ।

पुर्वदेखि पश्चिमतर्फ जादै गरेको से.१.त ३१४२ नम्बरको ट्याक्टरले साईकललाई ठक्कर दिंदा गोदावरी नगरपालिका–१, बसन्तपुर बस्ने सुनिल ओझाको मृत्यु भएको छ ।

साईकलमा सवार गोदावरी नगरपालिकाको वनखेत बस्ने २१ वर्षिय सुरज कडारु घाईते भएका छन् । त्यस्तै, ट्याक्टरमा सवार धनगढी उपमहानगरपालिका–३, भन्सार रोडका अन्दाजी १७ वर्षिय विरेन्द्र चौधरी र २१ वर्षिय कालु चौधरी सामान्य घाईते भएको क्षेत्रिय ट्राफिक कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

घाईतेहरुको गोदावरी नगरपालिकास्थित पदमा अस्पतालमा उपचार भईरहेको छ । ट्याक्टर चालक धनगढी उपमहानगरपालिका–३ का सन्दीप चौधरीलाई प्रहरीले नियन्त्रण लिएको छ ।


सोमबार २८, फागुन २०७४ १०:४६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस