---
Thursday, October 18 2018, 00:54 | बिहिबार ०१, कार्तिक २०७५ ००:५४
राष्ट्रियसभा अध्यक्षको उम्मेदवारी दर्ता आज

सोमबार, २८ फागुन २०७४| Radio Dhangadhi
राष्ट्रियसभा अध्यक्षको उम्मेदवारी दर्ता आज

काठमाण्डौ २८ फागुन । फागुन ३० गते हुने राष्ट्रिय सभा अध्यक्षको चुनावका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । संसद भवन नयाँ वानेश्वरमा बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ ।

उम्मेदवारमाथिको दाबीविरोध पछि दिउँसो १ः३० बजे अन्तिम नामावली प्रकाशन गरिने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो ।

प्रमखु सत्तारुढ दल एमाले र माओवादीबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको छ । राष्ट्रियसभाको अध्यक्षका लागि एमालेबाट परशुराम मेघी गुरुङ, गणेश तिमल्सिना, सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराई र शेरबहादुर कुँवरलगायतको नाम चर्चामा छ । यसमा गुरुङ र तिमल्सिनामध्ये प्रमुख दावेदार रहेको स्रोतले जनाएको छ ।


सोमबार २८, फागुन २०७४ १०:३९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस