---
Saturday, June 23 2018, 01:01 | शनिबार ०९, असार २०७५ ०१:०१
राष्ट्रपति चुनावमा दुई रङका मतपत्र हुने

सोमबार, २८ फागुन २०७४| Radio Dhangadhi
राष्ट्रपति चुनावमा दुई रङका मतपत्र हुने

भोली हुने राष्टपतिको निर्वाचनका लागि दुई रङका मतपत्र हुने भएका छन् । राष्ट्रपतिको निर्वाचनका लागि सङ्घीय–संसद्का सदस्यले हरियो र प्रदेशसभाका सदस्यले रातो रङको मतपत्रमा मतदान गर्ने भएका हुन् ।

राष्ट्रपतिको निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । नयाँ बानेश्वरस्थित अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा रहेको सङ्घीय–संसद्को भवन परिसरमा भोली बिहान १० देखि ३ बजेसम्म राष्ट्रपति पदका लागि मतदान हुँदैछ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभएको छ ।

सङ्घीय संसद्का ३३४ सदस्यमध्ये ३३१ सदस्यलाई मताधिकार प्राप्त छ । उनीरुले हरियो मतपत्रमा मतदान गर्ने भएका हुन् । सात प्रदेशका ५५० सदस्यमध्ये ५४९ सदस्यलाई मताधिकार प्राप्त छ । उनीहरुले रातो रङको मतपत्रमा मतदान गर्ने आयोगका उपसचिव देशबन्धु अधिकारीले जानकारी दिनुभयो ।

आयोगका अनुसार मतगणना भएको तीनदेखि चार घन्टाभित्रै मतपरिणाम सार्वजनिक हुनेछ । केन्द्र र प्रदेशका सदस्यले अलगअलग मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ ।


सोमबार २८, फागुन २०७४ १०:३४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस