Bollywood Hindi Hit's Songs

11:00 AM - 12:00 PM

Wednesday, August 22 2018, 11:50 | बुधबार ०६, भदौ २०७५ ११:५०
गृह मन्त्रीको निर्देशनपछि अनसनरत चौधरीलाई काठमाडौं पठाईयो

आइतबार, २७ फागुन २०७४| Radio Dhangadhi
गृह मन्त्रीको निर्देशनपछि अनसनरत चौधरीलाई काठमाडौं पठाईयो

एफएम संवाददाता
धनगढी २७ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले रेशम चौधरीलाई थप उपचारका लागि काठमाडौं ल्याउन गृह सचिवलाई निर्देशन दिएपछि चौधरीलाई काठमाण्डौ लगिएको छ ।

शनिबार दिउँसो गृहमन्त्री बादलले गृहसचिव मोहनकृष्ण सापकोटालाई चौधरीलाई तत्काल काठमाडौं झिकाउन आदेश दिएको गृह स्रोतले जानकारी दिएको हो ।

त्यसपछि आजै बेलुका ५ बजे उहाँलाई काठमाण्डौ लगिएको छ । २०७२ भदौ ७ गते कैलाली टीकापुर पशुहाट बजारमा भएको नरसंहार हत्याकाण्डमा उहा मुख्य दोषी रहेको आरोप लाग्दै आएको छ ।

टीकापुर घटनाका फरार अभियुक्त चौधरीले फागुन १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गर्नुभएको थियो ।

आत्मसर्पण गरेका चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। गृहमन्त्री बादलले उहाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै तत्काल राजधानी ल्याउन गृहसचिवलाई निर्देशन दिएको गृह स्रोतको दाबी छ ।

यता, कैलाली जिल्ला कारागारमै ७ दिनदेखि अनसनरत टीकापुर घटनाका मुख्य योजनाकारका आरोपी रेशम चौधरीको स्वास्थ्य नाजुक हुँदै गएपछि थप उपचारका लागि काठमाडौं लगिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताउनुभयो ।

उहाँले सवा ५ बजे बुद्ध एयरलाइन्समार्फत चौधरीलाई काठमाडौं पठाईएको बताउनुभयो । चौधरीसगै कैलालीबाट दुई जना सुरक्षाकर्मी पनि काठमाण्डौ पठाईएको छ ।

शुक्रबार अस्पताल भर्ना गरिएका चौधरीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि शनिबार फेरि अस्पताल लगिएको थियो ।

शुक्रबार दिउँसो सेती अञ्चल अस्पताल पुर्याइएका चौधरीले चिकित्सकले दिएको औषधि भने सेवन गर्न नमानेपछि उहालाई कारागार फर्काइएको थियो ।

उहाको स्वास्थ्यमा थप समस्या देखिएपछि शनिबार फेरि अस्पताल र्पुयाइएको कारागार प्रशासनले जनाएको थियो । अनसनमा बसेका अन्य बन्दीहरुके स्वाथ्य अवस्था पनि विगिदै गएको छ ।

कारागारबाट करिब ३ बजेतिर अस्पताल पुर्याइएका सांसद चौधरीलाई पछि हुनसक्ने सम्भावित घटना निम्तन नदिन काठमाडौं रिफर गरिएको सेती अञ्चल अस्पतालका मेडिकल अफिसर सन्तोष डिसीले बताउनुभयो ।

टिकापुर घटनाको झुटा मुद्धा खारेज गर्नुपर्ने, आफुलाई चुनाव जितेको प्रमाण पत्र दिनुपर्ने र प्रतिनिधि सभा सदस्यको सपथ खान पाउनुपर्ने लगायतका माग राखी सांसद चौधरी अनसन बस्नुभएको छ ।

उहा रेशमसंगै अनसनरत टीकापुर घटनाका अन्य बन्दीहरुको स्वास्थ्य अवस्था पनि बिग्रदै गएको छ ।  
 


आइतबार २७, फागुन २०७४ १०:२५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस