---
Saturday, June 23 2018, 00:57 | शनिबार ०९, असार २०७५ ००:५७
अस्पताल लगिएका रेशमले डाक्टरलाई उपचार गर्न दिएनन

अनशनरत थुनुवाहरूको स्वाथ्य अवस्था नाजुक बन्दै

शुक्रबार, २५ फागुन २०७४| Dinesh Thakulla
अस्पताल लगिएका रेशमले डाक्टरलाई उपचार गर्न दिएनन

दिनेश ठकुल्ला
धनगढी, फागुन २५ । 

कैलाली कारागारमा आमरण अनशनरत रेशम चौधरीलगायत २४ जना थुनुवाहरूको स्वाथ्य अवस्था नाजुक बन्दै भएको छ ।

गत छ दिनदेखि अनसनरत थुनुवाहरुको अवस्था गमभीर बन्दै भएको हो । तीनबुँदे माग राखी अनशनरत उनीहरूको स्वास्थ्य अवस्था नाजुक भएपछि एकपछि अर्कोलाई उपचारका लागि अस्पताल ल्याउन थालिएको छ ।

आज मात्रै कैलाली एक बाट निर्वाचित तथा टिकापुर घटनाका मुख्य अभियुक्तको आरोप लागेका रेशम चौधरी लगायतका नेताहरुलाई सेती अञ्चल अस्पताल भर्ना गरिएको हो ।

तर, रेशमले उपचार गर्न भने दिएनन । माग पुरा नभएर मर्न समेत तयार रहेको भन्दै उनले डाक्टरलाई उपचार गर्न नदिएका हुन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईन्द्र मल्लकामे नेतृत्वको टोलीले कडा सुरक्षाका विच रेशमलाई अस्पताल पु¥याएको थियो । रेशमको समान्य चेकचाज गरिएपनि  उपचार भने नभएको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।

उहाँका अनुसार रेशमलाई डाक्टरले स्वाथ्य अवस्था कमजोर बन्दै गउको भन्दै सलाई चढाउनुपर्ने र नियमित औषधी खानुपर्ने बताएका थिए । तर, रेशमले माग पुरा नभएसम्म केही पनि नखाने अडान राखेपछि उपचार नगरेरै कारागारमा लगेको मल्लले जानकारी दिनुभयो ।

रेशमसगै विश्राम चौधरी लगायतलाई उपचारका लागि कारागारवाट अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

यसअघि फागुन २३ गते कैलाली कारागारबाटै रेशम चौधरीसगै अनसनमा बसेका थारु नेता लक्ष्मण थारु र किसन चौधरीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अस्पताल र्पुयाइएको थियो केही त्यसको भोलिपल्ट फागुन २४ गते छिनछिनमा बेहोस हुने लगायत स्वास्थ्य समस्या देखिएपछि थुनुवा विश्राम चौधरीलाई राती अस्पताल पु¥याईएको थियो ।

जिल्ला कारागार कैलालीका सहायक जेलर भक्तबहादुर विष्टका अनुसार अनशनरत रेशम चौधरी, विश्राम चौधरी, विश्राम कुश्मी, लक्ष्मण थारू, किसन चौधरी, रामप्रसाद चौधरी, संगम चौधरीको अवस्था गम्भीर छ ।

अनशनकारीहरूले रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यमा जितको प्रमाणपत्रसंगै शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरूलाई रिहा गर्नुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।

यस्तै, आज पनि मानवअधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीको टोली कारागार पुगेको थियो । आयोग धनगढीका दीपक ध्वजजंग कार्कीले मान्छेको बाँच्न पाउने अधिकार नैसर्गिक अधिकार भएकोले राज्य संवेदनशील हुनुपर्ने बताउनुभयो ।

उनीहरूको मागबारे राज्यले सुनुवाई गर्नुपर्ने पनि उहाको भनाइ थियो । केहीदिन अघि राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रिय प्रकाश वस्ती लगायतको टोलील पनि अनसनमा बसेकाको अवस्थाबारे जानकारी लिएको थियो । 


शुक्रबार २५, फागुन २०७४ ०५:५३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस