---
Thursday, October 18 2018, 00:51 | बिहिबार ०१, कार्तिक २०७५ ००:५१
सभामुखमा महराको उम्मेदवारी

शुक्रबार, २५ फागुन २०७४| Radio Dhangadhi
सभामुखमा  महराको उम्मेदवारी

काठमाडौं  २५ फागुन, । प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महराले उम्मेदवारी दिएका छन् ।

महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् । उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए ।

माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उम्मेदवारी दर्ताका लागि विहान १० देखि १ बजेसम्मको समय तोकिएको छ ।

महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानुनहरु बनाउनु पर्ने भएकाले त्यसमा आफ्नो भूमिका रहने बताए । साथै उनले प्रमुख विपक्षी नेपाली कांग्रेससहितका दलको समर्थन पाउने विश्वास व्यक्त गरे ।

 


शुक्रबार २५, फागुन २०७४ ११:४५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस