---
Saturday, June 23 2018, 01:01 | शनिबार ०९, असार २०७५ ०१:०१
सभामुख पदका लागि आज मनोनयन

शुक्रबार, २५ फागुन २०७४| Radio Dhangadhi
सभामुख पदका लागि आज  मनोनयन

धनगढी २५ फागुन । प्रतिनिधिसभाको सभामुख पदका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ ।  सभामुख चयनको कार्यलालिका अनुसार बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने समय तोकिएको छ ।

सम्बन्धित उम्मेदवारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सङ्घीय संसदका महासचिवसमक्ष आफ्नो उम्मेदवारी दिनुपर्नेछ । मनोनयनमा परेका उम्मेदवारको अन्तिम नामावली सचिवालयले दिउँसो  १ः३० बजे सार्वजनिक गर्ने छ ।

प्रधिनिधिसभा कार्यसञ्चालको अन्तरिम कार्यविधि अनुसार एक मात्र मनोनयन परेपनि प्रस्ताव निर्णयार्थ पेश हुनेछ । एकभन्दा बढी प्रस्ताव परेमा भने प्रतिनिधिसभामा मत विभाजन हुनेछ । सभामुखमा निर्वााचित हुन सभाको बहुमत अर्थात कम्तीमा १ सय ३८ मत आवश्यक पर्नेछ ।

वाम गठबन्धनबीच प्रतिनिधिसभाको समामुख माओवादी केन्द्रलाई र राष्ट्रियसभाको अध्यक्ष एमालेबाट हुने सहमति अनुसार माओेवादी केन्द्रले सभामुखमा उम्मेदवारी दिनेछ । सभामुख चयनका लागि भोली दिउँसो १ बजे मतदान हुने कार्यतालिका छ ।


शुक्रबार २५, फागुन २०७४ १०:१० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस