Khabar Raftar

06:30 PM - 07:00 PM

Friday, June 22 2018, 18:57 | शुक्रबार ०८, असार २०७५ १८:५७
जोगबुडामा महिला छात्रावास सञ्चालन

बिहिबार, २४ फागुन २०७४| Radio Dhangadhi
जोगबुडामा महिला छात्रावास सञ्चालन

डडेल्धुरा, २४, फागुन । जनस्तरबाट सञ्चालित त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडा, परशुराम नगरपालिकामा निर्मित छात्रावास भवनको आज नेपालका लागि जापानी राजदूत मासाकी ओगावाले उद्घाटन गर्नुभएको छ । 

ग्राामीण क्षेत्रका महिला विविध कारणले शिक्षावाट वञ्चित रहेका अवस्थामा उनीहरूले पनि सजिलै पढ्न पाउन र उच्च शिक्षा हासिल गर्न सकून् भन्ने उद्देश्यका साथ छात्रावास निर्माण गरिएको क्याम्पस प्रशासनले जनाएको छ । जापानी दूतावासको रु ८५ लाख ५९ हजार र पूर्वसांसद डा आरजु देउवाको निर्वाचन क्षेत्र विकास कोषबाट रु ४० लाखको सहयोगमा छात्रावास निर्माण भएको क्याम्पस क्याम्पस सञ्चालन समितिका अध्यक्ष दलबहादुर साउदले बताउनुभयो । 

भवन उद्घाटन गर्दै राजदूत ओगावाले जापान सरकार आगामी दिनमा पनि यस्तो सहयोगका लागि सकारात्मक रहेको बताउनुभयो । नेपाली काँग्रेसकी नेत्री डा देउवाले शिक्षाका क्षेत्रमा बलियो भए मात्रै महिलाले अन्य क्षेत्रमा पकड राख्न सक्ने भएकाले छात्रावास निर्माणले ग्रामीण भेगका छात्रालाई उच्च शिक्षा हासिल गर्न सजिलो हुने बताउनुभयो । 
छात्रावासमा ग्रामीण क्षेत्रका गरीब, द्वन्द्वपीडित तथा जेहन्दार छात्रालाई विशेष प्राथमिकता दिइने छ । त्यहाँ ५० छात्राका लागि बस्ने व्यवस्था रहने छ । शिक्षा, मानविकी तथा वाणिज्य संकाय अध्ययन अध्यापन हुने उक्त क्याम्पसमा कुल १९८ मध्ये १२४ महिला छन् । 


बिहिबार २४, फागुन २०७४ ०७:२३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस