Tarkari Bajar Bhau

07:00 PM - 07:02 PM

Friday, June 22 2018, 19:00 | शुक्रबार ०८, असार २०७५ १९:००
चौमाला बहुमुखी क्याम्पस भवनको शिलान्यास

बिहिबार, २४ फागुन २०७४| Hari Joshi
चौमाला बहुमुखी क्याम्पस भवनको शिलान्यास
चौमाला बहुमुखी क्याम्पस भवनको शिलान्यास गर्दै पूर्वमन्त्री एवम् निर्वाचन क्षेत्र ४ कैलालीका प्रतिनिधिसभा सदस्य लेखराज भट्ट

सुरत रावत                                                                                                                       

 धनगढी २४ फागुन । चौमाला बहुमुखी क्याम्पस भवनको शिलान्यास गरिएको छ । आज एक समारोहकाबीच पूर्वमन्त्री एवम् निर्वाचन क्षेत्र ४ कैलालीका प्रतिनिधिसभा सदस्य लेखराज भट्टले ६ कोठे भवनको शिलान्यास गर्नुभएको हो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिनेशराज जोशीको अध्यक्षता सम्पन्न कार्यक्रममा गौरीगंगा नगरपालिकाका नगर प्रमुख भिम बहादुर देउवा, नेपाली कांग्रेसका कैलाली जिल्ला उपसभापति प्रकाश बम, नेकपा एमालेका जिल्ला सदस्य लोकेन्द्र शाही, नेकपा माओवादी केन्द्रका नवीन धामी लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो। 

कार्यक्रममा बोल्दै अध्यक्ष जोशीले  सरकारले  अतिक्रमित डेढ बिगाह जमिन क्याम्पसलाई भोगचलनका लागि दिने निर्णय गरेसँगै क्याम्पसले भवन निर्माणको काम थालेको बताउनुभयो । 

क्याम्पस प्रमुख मीनदत्त ढुंगाना सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य भवन निर्माण समिति अध्यक्ष पदम सिंह सिंगाल व्यक्त गर्नुभएको थियो।


बिहिबार २४, फागुन २०७४ ०६:४८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस