Khabar Raftar

06:30 PM - 07:00 PM

Friday, June 22 2018, 18:59 | शुक्रबार ०८, असार २०७५ १८:५९
आठसय महिलालाई मनोविमर्श सेवा

बिहिबार, २४ फागुन २०७४| Radio Dhangadhi

एफएम संवाददाता
कञ्चनपुर २४ फागुन । कञ्चनपुरको शुक्लाफाँटा र बेदकोट नगरपालीकाका ८०० महिलालाई मनोविमर्श सेवा प्रदान गरिएको छ ।

द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र, कञ्चनपुरले सञ्चालन गरेको शान्तिका लागि स्थानीय क्षमता कार्यक्रमअन्तर्गत मनोविमर्श सेवा प्रदान गरिएको हो ।

एकल महिला, घरेलु हिंसामा परेका, जातीय विभेद, यौनजन्य हिंसामा परेका महिलालाई विशेषज्ञता हासिल गरेका मनोविमर्शकर्ताको सहयोगमा मनोविमर्श सेवा प्रदान गरिएको केन्द्रका अध्यक्ष सीता बोहराले बताउनुभयो ।

१२ जना शान्तिदूतलाई परिचालन गरी पीडामा रहेका महिलाको खोजी गरी मनोविमर्श सेवा दिने गरेका उहाँले बताउनुभयो ।

केन्द्रमै मनोविमर्श सचेतनासँगै स्वस्थ रहने तरिकाबारे जानकारी दिइने गरिएको छ । व्यक्तिगतरुपमा ५५ जना र सामुदायिक समूहमा ८३६ जनालाई मनोविमर्श सेवा प्रदान गरिएको कार्यक्रम अधिकृत डम्बरी विष्ट (कुँवर)ले बताउनुभयो ।

विशेषगरी द्वन्द्वपीडित एकल महिला र उनीहरूका बालबालिकालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो ।  

 


बिहिबार २४, फागुन २०७४ ०३:५२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस