BBC Nepali

08:45 PM - 09:15 PM

Thursday, September 20 2018, 21:07 | बिहिबार ०४, असोज २०७५ २१:०७
अन्तर्रा्ष्ट्रिय महिला दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

बिहिबार, २४ फागुन २०७४| Radio Dhangadhi
अन्तर्रा्ष्ट्रिय महिला दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

एफएम संवाददाता
धनगढी २४ फागुन । बिहिबार १०८ औँ अन्तराष्ट्रिय नारी दिवस, ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने मूल नाराका साथ बिभिन्न कार्यक्रम गरी मनाईदैछ ।

महिला अधिकार आन्दोलनको रुपमा संसारभर हरेक वर्ष ८ मार्चमा नारी दिवस मनाउने गरिन्छ । नेपालमा सन् १९७४ देखि नारी दिवस मनाउन थालिएको हो ।

सन् १९१० को मार्च ८ मा कोपनहेगनमा विभिन्न १७ देशका १ सय जना महिला अधिकारवादीको अन्तराष्ट्रिय सम्मेलनले हरेक वर्षको आठ मार्चलाई अधिकार आन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो ।

सन् १९५७ मा अमेरिकाको गार्मेन्टमा काम गर्ने श्रमिक महिलाले निश्चित घन्टाको काम हुनुपर्ने माग सहित गरेको प्रदर्शनलाई विश्व महिला आन्दोलनको शुरुवातको रुपमा लिने गरिन्छ ।

महिला अधिकारवादीले नेपालमा महिलाको अवस्थामा अझै अपेक्षित सुधार नआएको भन्दै हक अधिकारको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउँदै आएका छन् ।

यस्तै अन्तराष्ट्रियमहिला दिवस प्रदेश नम्वर ७ को राजधानी धनगढीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । प्रमुख जिल्ला अधिकारिको नेतृत्वमा रहेको मुल आयोजक समितीले धनगढीमा विभिन्न कार्यक्रम गरि महिला दिवस मनाईएको हो ।

दिवसको अवसरमा विहान प्रभातफेरीको निकालीएको छ । मुल आयोजक समितिको नेतृत्वमा जिल्ला स्थित विभिन्न संघ सस्थाहरुको सहभागितामा ट्राफिक चौराह देखि धनगढी उप–महानगरपालिका सम्म प्रभातफेरीको निकालिएको हो ।  
 


बिहिबार २४, फागुन २०७४ ०३:५० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस