---
Saturday, June 23 2018, 00:57 | शनिबार ०९, असार २०७५ ००:५७
प्रदेश सञ्चालन गर्न आवश्यक पर्ने कानुन फाष्ट्र ट्रयाकबाट निर्माण गर्ने

मुख्य न्यायाधिवक्तामा कुलानन्द उपाध्याय नियुक्त

बिहिबार, २४ फागुन २०७४| Radio Dhangadhi
प्रदेश सञ्चालन गर्न आवश्यक पर्ने कानुन फाष्ट्र ट्रयाकबाट निर्माण गर्ने

दिनेश ठकुल्ला
धनगढी २४ फागुन । प्रदेश सञ्चालन गर्न आवश्यक पर्ने कानुन फाष्ट्र ट्रयाकबाट निर्माण गर्ने ७ नम्बर प्रदेश मन्त्री परिषदको बैठकले निर्णय गरेको छ ।

बुधबार आकस्मिकरूपमा बसेको मन्त्रीपरिषद बैठकले प्रदेश सञ्चालन गर्न आवश्यक पर्ने कानुन फाष्ट्र ट्रयाकबाट निर्माण गर्नका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहको संयोजकत्वमा कानुन मस्यौदा समिति गठन गरेको छ ।

बैठकले मुख्यमन्त्री कार्यालयका कानुन सचिव, आन्तरिक मामिला मन्त्रालयका सचिव, आन्तरिक मामिला मन्त्रालयको कानुन महाशाखाका उपसचिव सदस्य रहने गरी सो समिति गठन गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव प्रदीपराज कणेलले बताउनुभयो ।

कानुन निर्माण गर्न आवश्यकता पर्दा उपसमिति र विज्ञ समूह बनाउन सक्ने जनाईएको छ । बैठकले प्रदेश सरकारले प्रदेश पदाधिकारीले पाउने सेवा सुविधाबारे कानुन बनाई नसकेकाले हाल केन्द्रले तोकेको सेवा सुविधा नै मान्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव कणेलले जानकारी दिनुभयो ।

जसअनुसार मुख्यमन्त्रीले पारिश्रमिकसहित मासिक ६२ हजार ९ सय ७० पाउनुहुने छ । प्रदेश मन्त्रीहरुले पारिश्रमिकसहित मासिक ५४ हजार, सभामुखले ५६ हजार ५ सय पाउनुहुने छ ।

त्यसैगरी उपसभामुख र विपक्षी दलको नेताले आवास भत्ताका लागि १२ हजार रुपैयाँसहित मासिक ६५ हजार २ सय ५० प्राप्त गर्नुहुने छ ।

यस्तै सचेतक र समितिका सभापतिहरुले पनि १२ हजार रुपैयाँ आवास भत्तासहित ६२ हजार ७ सय पाउनेछन् । प्रदेश सांसदहरुले आवास भाडा सहित एकमुष्ट ५९ हजार मासिक रुपमा प्राप्त गर्नेछन ्। बैठक तथा दैनिक भ्रमण भत्ता र फर्निचर वापतको रकम समेत उपलब्ध हुनेछ ।

त्यस्तै, मन्त्रीपरिषदको बैठकले प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता कुलानन्द उपाध्यायलाई नियुक्त गरेको छ ।

इन्धन सुविधाबाहेक मुख्य न्यायधिवक्ताले उच्च अदालतका न्यायधिसले पाउने सुविधा सरह मासिक ९४ हजार प्राप्त गर्ने प्रमुख सचिव लक्ष्मीराम पौडेलले जानकारी दिनुभएको छ । 
 
 


बिहिबार २४, फागुन २०७४ ०१:२९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस