Khabar Raftar

06:30 PM - 07:00 PM

Friday, June 22 2018, 18:56 | शुक्रबार ०८, असार २०७५ १८:५६
क्षेत्रीय शहरी विकाश आयोजना : ५ वर्षमा ३ अर्व खर्च गरिने

नयाँ आर्थिक वर्षदेखि काम सुरु गर्ने

बिहिबार, २४ फागुन २०७४| Radio Dhangadhi
क्षेत्रीय शहरी विकाश आयोजना : ५ वर्षमा ३ अर्व खर्च गरिने

दिनेश ठकुल्ला
धनगढी २४ फागुन । धनगढीलाई सुविधा सम्पन्न र विकशित शहरको रुपमा विकाश गर्नका लागि ५ वर्षमा करिव सवा ३ अर्व रुपैया भन्दा बढी खर्च गरिने क्षेत्रीय शहरी विकाश आयोजना कार्यान्वयन ईकाई आयोजनाको शुभारम्भ गरिएको छ ।

नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) को संयुक्त लगानी रहेको क्षेत्रीय शहरी विकाश आयोजना कार्यान्वयन ईकाई आयोजनाको आज धनगढीमा एक समारोहको आयोजना गरि शुभारम्भ गरिएको छ ।

५ वर्षमा ५ वर्षमा करिव सवा ३ अर्व रुपैया भन्दा बढी खर्च गरिने क्षेत्रीय शहरी विकाश आयोजना अन्तर्गत धनगढीमा उपमहानगरपालिकामा सडक तथा ड्रेन, फोहोरमैला व्यवस्थापन, फोहोरपानी व्यवस्थापन, ढल निकाश लगायतका कार्य गरिने छन ।

आयोजना अन्तर्गत निर्माण गर्नुपर्ने पूर्वाधार निर्माणमा कुनै समस्या नदेखिए अर्को आर्थिक वर्षदेखि काम सुरु गरिने आयोजनाले दावी गरेको छ ।

आयोजनाले धनगढी उपमहानगरपालिकामा सडक तथा ड्रेन, ढल, फोहोरमैला व्यवस्थापन, फोहोरपानी व्यवस्थापन लगायतका क्षेत्रमा ५ वर्ष काम गर्ने छ र ३ अर्व १९ करोड रुपैया खर्च गर्नेछ ।

जस अनुसार आयोजनाले धनगढी उपमहानगरपालिकाका साविक वडा नम्बर १, २, ३, ४, ५, ६, ८, १०, १२ र १३ मा १ अर्व २६ करोडको लागतमा ३४ किलोमिटर सडक निर्माण गर्नेछ भने साविक वडा नम्बर १, २, ३, ४, ५, ६ र ८ मा ४५ करोडको लागतमा फोहोर पानी व्यवस्थापन गरिने छ ।

त्यस्तै, एकिकृत फोहोरमैला व्यवस्थापनका लागि ५७ करोड रुपैयामा डम्पिङ साईट निर्माण गरिने  एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकाश आयोजनाका निर्देशक चक्रवर्ती कण्ठले बताउनुभयो ।

आयोजनाले निर्माणको कार्य मात्रै गर्ने भएकाले पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने सरचना भत्काउने कार्य जतिसक्दो चाडो उपमहानगरपालिकाले गर्न सक्यो त्यति चाडो कार्य सुरु गर्ने बताउदै आएको छ ।

अहिले धनगढीमा पनि फोहोरमैला व्यवस्थापन केन्द्र र सडकको सर्वे कार्य सम्पन्न भइसेकेको जनाईएको छ । आयोजना सञ्चालनमा कुनै अवरोध हुने नदेखिएमा छिट्टै टेण्डर पक्रियामा गएर आउदो आर्थिक वर्ष २०७५÷०७६ देखि निर्माणको कार्य थालनी गर्ने तयारी रहेको   क्षेत्रीय शहरी विकाश आयोजनाका निर्देशक कण्ठले बताउनुभयो  ।

आयोजनाले निर्माणका क्रममा कुनै विवाद आएमा फिर्ता हुने चेतावनीपछि धनगढी उपमहानगरपालिकाले पनि उक्त आयोजना सफल पार्नका लागि सवैलाई सहयोग गर्न आग्रह गरेको छ ।

वडा नम्बर २ मा फोहोर मैला व्यवस्थापन केन्द्र (डम्पिङ साईट) निर्माण गर्ने निश्चित भईसकेको र निर्माण हुने ३४ मिटर सडकमध्ये ट्राफिक चौराहादेखि क्याम्पस चौकसम्म मात्रै सडक विस्तार गर्न केही समस्या हुने देखिएको छ ।

ट्राफिक चौराहादेखि क्याम्पस चौकसम्मका पनि ७० प्रतिशत घरधनी पनि सडक विस्तार गर्नुपर्ने पक्षमा देखिएका धनगढीको विकाशका लागि अन्यलाई पनि सहयोग गर्न उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले आग्रह गर्नुभयो ।

ढल निकाशको उचित व्यवस्थापन हुन नसक्दा वर्षेनि धनगढीमा उपमहानगरपालिका सवैजसो वडाहरु लगायत मुख्य बजार नै डुवानमा पर्ने गरेको छ भने सडक साघुरो हुदा ट्राफिक चौराहादेखि क्याम्पस चौकसम्म ट्राफिक व्यवस्थापन चुनौति बन्दै गएको छ ।

उक्त आयोजना सफलता पूर्वक सम्पन भएमा धनगढीको कायापलट हुने दावी पनि गरिएको छ ।  उक्त आयोजना अन्तर्गत ७ नम्बर प्रदेशको भीमदत्त नगरपालिकामा तिन अर्ब, गोदावरीमा एक अर्ब १९ करोड र शुक्लाफा“टा नगरपालिकामा ९७ करोड रुपैया विभिन्न विकास निर्माण कार्यमा खर्च हुदैछ ।

भीमदत्त नगरपालिकामा २६ तथा गोदावरी र शुक्लाफाटा नगरपालिकामा समान आठ–आठ किलोमिटर सडक लगायत अय विकास पूर्वाधार निर्माण हुने आयोजनाले जनाएको छ ।

निर्माण कार्यमा कुनै अवरोध सिर्जना नभएमा पा“च वर्षभित्र मै लक्ष्य हासिल गर्ने आयोजनाले जनाएको छ । 
  


बिहिबार २४, फागुन २०७४ ०१:२१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस