Nepali Khabar

05:30 AM - 06:00 AM

Thursday, December 13 2018, 05:49 | बिहिबार २७, मङि्सर २०७५ ०५:४९
शुशासनयुक्त वन बनाउन कार्यशाला गोेष्ठी

बिहिबार, २४ फागुन २०७४| Radio Dhangadhi
शुशासनयुक्त वन बनाउन कार्यशाला गोेष्ठी

निराजन परियार  
धनगढी २३ फागुन । कैलाली जिल्लाका तिन वटा करिडोरमा रहेका १० वटा सामुदायिक वनलाई एफएमडिसी कैलालीले शुशासनयुक्त बनाएपछि फेरी गौरीगंगा नगरपालिकामा रहेको सुनपाल सामुदायिक वनबाट यो अभियान सुरु गरेको हो । 

बुधबार एफएमडिसीले उक्त सामुदायिक वनमा सामुदायिक वन बिकास मार्गदर्शन र यसको उपयोगिता सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । 

एफएमडिसीका कार्यकारी निर्देशक तथा वरिष्ठ पत्रकार उमीद बागचन्दले सामुदायिक वनमा सुचनाको हक सम्बन्धी प्रयोग र यसले उपभोक्तामा पर्ने फाईदाका बारेमा जानकारी दिएका दिनुभएको थियो ।

उहाँले सुचनाको हक नेपालको संबिधानमा नै मौलिक अधिकारको रुपमा आईसकेको उल्लेख गर्दै यसको बारेमा बढी भन्दा बढी व्यवहारमा कार्यान्वय गरेर  प्रयोग गर्न आग्रह समेत गर्नुभयो ।

यो अभियानलाई डोटी र अछाम जिल्लाका सामुदायिक वनहरुमा बढाउदै लैजाने समेत उहाँले बताउनुभयो । 

त्यस्तै ईलाका वन कार्यालय मसुरियाका सहायक वन अधिकृत मोहम्मद ताहा सुसैन मिकरानीले सामुदायिक वन बिकास मार्गदर्शनका बारेमा सहभागि उपभोक्ताहरुलाई जानकारी दिनुभएको थियो ।

उक्त सामुदायिक वनका पदाधिकारीहरुले शुशासनयुक्त बनाउनका लागि  वनमा सुचनाको हकको व्यवहारिक प्रयोग र सामुदायिक वन बिकास मार्गदर्शनलाई कार्यान्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा सहभागिहरुले सुचनाको हक र सामुदायिक वन मार्गदर्शन सम्बन्धमा धेरै कुरा जान्न पाएको बताएका थिए । सुनपाल सामुदायिक वनका अध्यक्ष मेलाराम टेर्राको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी एफएमडिसीका कार्यकारी निर्देशक उमीद बागचन्द रहनुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य एफएमडिसीका कार्यक्रम संयोजक ओम जोशी राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन अभियान अधिकारी निराजन परियार गर्नुभएको थियो ।


बिहिबार २४, फागुन २०७४ ११:३९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस