Khabar Raftar

06:30 PM - 07:00 PM

Friday, June 22 2018, 18:55 | शुक्रबार ०८, असार २०७५ १८:५५
नेपालको सहमति बिनै भारतले काठेपुल निर्माण गरेको भन्दै नेपालीको आपत्ति

मङ्गलबार, २२ फागुन २०७४| Radio Dhangadhi

एफएम संवाददाता
दार्चुला २२ फागुन । महाकाली नदीमा भारतले बनाएको एकतर्फी बाटो तथा काठेपुलको विषयमा सोमबार बसेको बैठकमा नेपाली अधिकारीले कडा रुपमा प्रस्तुत भएका थिए ।

उनीहरुले भारतले नेपालका कुनै पनि निकायसँग समन्वय नगरी एकतर्फी रुपमा काठेपुल निर्माण गरेको भन्दै आपत्ति जनाएका हुन् ।

भारतीय पक्षले आफूसँंग छलफल र सहमति नगरेर काठेपुल र बाटो निर्माण गरेको भन्दै नेपाली अधिकारीहरुले भारतीय समकक्षीसँग प्रश्न उठाएका थिए ।

बैठकको सुरुमा पिथौरागढका डिएम सि रविशंकरले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसलगत्तै नेपाली टोलीका नेता एवं दार्चुलाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भारतले बिना सहमति संरचना निर्माण गरेको भन्दै आपत्ति जनाएका थिए ।

आफूहरुसँग भारतीय पक्षबाट एकतर्फी निर्माण गरिएका संरचनाका फोटो र भिडियो समेत रहेको बताउदै उहाँले नेपाल सरकारको स्वीकृति बिना सीमा क्षेत्रमा संरचना निर्माण र सञ्चालन गर्न नसकिने बताउनुभयो ।

नेपाली पक्षको भनाईपछि पिथौरागढका डिएम सि रविशंकरले धारचुलाका एसडिएम राजकुमार पाण्डे र लोक निर्माण विभागका अधिकारीसँग जानकारी मागेका थिए ।  
 


मङ्गलबार २२, फागुन २०७४ ०२:५६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस