---
Sunday, November 18 2018, 23:01 | आइतबार ०२, मङि्सर २०७५ २३:०१
डोटीका सरकारी स्वास्थ्य संस्थामा १७ दिनदेखि सेवा अबरुद्ध

मङ्गलबार, २२ फागुन २०७४| Radio Dhangadhi
डोटीका सरकारी स्वास्थ्य संस्थामा १७ दिनदेखि सेवा अबरुद्ध

एफएम संवाददाता
डोटी २२ फागुन । डोटीका सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सकहरुले आफूहरु असुरक्षित भएको भन्दै फागुन ९ गतेदेखि जिल्ला छोडेपछि स्वास्य सेवा अवरुद्ध भएको छ ।

फागुन ६ गते जिल्ला अस्पताल डोटीमा काजमा कार्यरत चिकित्सक डा. जितेन्द्र सिंहमाथि बिरामीलाई दुव्र्यबहार गरेको भन्दै कुटपिट भएपछि सुरक्षाको कारण देखाउँदै अस्पताल र जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकहरु गिरीष अवस्थी, विबस पराजुली, जितेन्द्र सिंह र राजकुमार बिश्वकर्माले जिल्ला छोडेका थिए ।

आफूहरुलाई असुरक्षा भएको भन्दै जिल्ला छोडेका सरकारी सेवाका चिकित्सकहरुले र्फकन मानेका छैनन् । जिल्ला छोड्ने चिकित्सकहरुमा डा. अवस्थी निक साईमन नामक गैरसरकारी संस्थावाट नियुक्त चिकित्सक हुन भने अन्य सरकारी सेवाका हुन ।

एक महिलाको भिडियो एक्स(रे गर्ने क्रममा डा. जितेन्द्र सिंहले दुर्व्यबहार गरेको भन्दै बिवाद उत्पन्न भएपछि डा. जितेन्द्रले महिलाका आफन्त एक युवकलाई झापड लगाएका थिए ।    

प्रहरीले चिकित्सकलाई कुटपिट गरेको भन्दै चार जनाबिरुद्ध सार्वजनिक अपराधको मुद्धा दर्ता गरी अनुसन्धानको क्रममा रहेको छ ।    
 


मङ्गलबार २२, फागुन २०७४ ०२:५२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस