BBC Nepali

08:45 PM - 09:15 PM

Thursday, September 20 2018, 21:11 | बिहिबार ०४, असोज २०७५ २१:११
चैत्र मसान्तभित्रै एक अर्व २ करोडको अल्पकालिन बजेट

प्रदेश ७

मङ्गलबार, २२ फागुन २०७४| Dinesh Thakulla
चैत्र मसान्तभित्रै एक अर्व २ करोडको अल्पकालिन बजेट

दिनेश ठकुल्ला
धनगढी, फागुन २२ । 

चैत्र मसान्त भित्रै चालु आर्थिक वर्षका ४ महिनाका लागि अल्पकालिन बजेट ल्याउने तयारी आर्थिक मामिला तथा योजना मन्त्रालयले गरेको छ । 

जसको तयारी स्वरुप अर्थमन्त्री झपट बहादुर बोहराले सोमबार प्रदेशमा रहेका ७ वटै मन्त्रालयका सचिवहरुलाई बोलाएर छलफल समेत गरेका छन । 

छलफलमा अर्थमन्त्री बोहराले चालु आर्थिक वर्ष २०७४/७५ का ४ महिनाका लागि चैत्र मसान्तभित्रै एक अर्व २ करोड ५० लाखको बजेट ल्याउने तयारी थालिएको जानकारी दिए । 

‘हामीले नयाँ आर्थिक वर्ष २०७५/७६ का का लागि पूर्ण बजेट त ल्याउनुपर्ने नै ।’ अर्थमन्त्री बोहराले भने ‘चालु आर्थिक वर्षका लागि आवश्यक पर्ने खर्च व्यवस्थापनका लागि अल्पकालिन बजेट ल्याउदैछौ ।’  

सरकार गठनपछि सञ्चित कोषको अभावमा मन्त्रालयलाई काम गर्न समस्या भएको थिया । उक्त समस्याका समाधानका लागि अल्पकालिन बजेट भएपनि ल्याउने तयारीमा अर्थ मन्त्रालय लागि परेको छ । 

ल्याउन लागिएको एक अर्व २ करोड ५० लाखको बजेटमा समावेश गर्नुपर्ने विषयबस्तु तयार गर्न सवै मन्त्रालयका सचिवहरु अर्थमन्त्री बोहराले निर्देशन समेत छलफलका क्रममा दिएका छन । 

‘बजेटमा समावेश गर्नुपर्ने विषयबस्तु तयार गर्न सचिवहरलाई निर्देशन दिएको छु । बजेट ल्याउन धेरै सयम पनि बाकी छैन ।’ अर्थमन्त्री बोहराले भने । 

‘सवैमन्त्री मगलवारदेख नै कार्य सुचारु गर्नेछन ।’ उनले भने ‘ बजेटमा समेटनुपर्ने नीति नियमदेखि कार्यक्रमसम्म तयार गर्न निर्देशन दिई सकेको छु ।’

बजेटमा मुख्य प्राथमिकता कृषिलाई दिईने छ । यसका साथै गरिवि निवारण, शिक्षा स्वाथ्य, यातायातलाई पनि बजेले प्राथमिकता दिनेछ । 

‘मुख्य त कृषिमा सात नम्बर प्रदेशलाई आत्म निर्भर बनाउनका लागि कृषिलाई बजेटमा प्राथमिकता दिन्छौ ।’ बोहराले भने । 

उनका अनुसार कृषिसगै जनतासग प्रत्यक्ष रुपमा जोडिएका विषय बस्तु समेटेर बजेट तय गरिनेछ । 

बजेट ल्याउनुअघि अवश्यक पर्ने ऐन नियम निर्माण गर्न सम्बन्धित मन्त्रालयका सचिवलाई निर्देशन दिएका अर्थमन्त्री बोहराले बजेट ल्याउनुपघि नै सवै ऐन नियम बनिसक्ने बताए । 
 


मङ्गलबार २२, फागुन २०७४ ०८:४६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस