BBC Nepali

08:45 PM - 09:15 PM

Thursday, September 20 2018, 21:11 | बिहिबार ०४, असोज २०७५ २१:११
३४ बुदे घोषणा पत्र जारी गर्दै मानव अधिकार सम्बन्धी प्रदेश स्तरिय सम्मेलन सम्पन्न

सोमबार, २१ फागुन २०७४| Radio Dhangadhi
३४ बुदे घोषणा पत्र जारी गर्दै मानव अधिकार सम्बन्धी प्रदेश स्तरिय सम्मेलन सम्पन्न

एफएम संवाददाता
धनगढी २१  फागुन । ३४ बुदे घोषणा पत्र जारी गर्दै अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकार सम्बन्धी ७ नंम्बर प्रदेश स्तरिय प्रादेशिक सम्मेलन धनगढीमा सम्पन्न भएको छ ।

आईतबार र सोमबार गरि दुई दिन सम्म धनगढीमा संचालन भएको सम्मेलनले जारी गरेको घोषणा पत्रमा अपाङ्गता परिचयपत्र वितरण निर्देशिका २०६५ अनुसार मापदण्डको आधारमा स्थानीय तह मार्फत अपाङ्गता पचियपत्र वितरण हुनुपर्ने र पहिचान नभएका अपांगता परिचय पत्रका लागि जिल्लास्तरको समितिमा छानबिन गर्ने ब्यवस्था हुनुपर्ने, निशुल्क शिक्षा सम्बन्धि २०६०÷०७÷२८ को सर्वाच्चको फैसला र शिक्षा ऐन र नियमावलीमा भएको व्यवस्था अनुसार निशुल्क उच्च शिक्षा हुनु पर्ने र अपाङ्गता शैक्षिक रोजगारी सृजना गर्नु पर्ने उल्लेख गरिएको छ ।

यसैगरी घोषणा पत्रमा नेपाल राष्ट्रिय भवन निर्माण आचारसंहिता २०६० को पूर्ण पालना नहुँदा पहुचयुक्त भौतिक संरचना निर्माण नभएकोले राजस्व कार्यालय, बैंकिङ वाणिज्य कार्यालयमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहज आवागमन सार्वजनिक शैचालय पहुँचयुक्त हुनु पर्ने, सामाजिक सुरक्षा भत्ता र छात्रवृत्तिमा भएको व्यापक अनियमितता र दुरुपयोग रोकिनु पर्ने,प्रदेश नं ७ को प्रत्येक जिल्लाको अपांगता बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्न भौगोलिक रुपमा पायक पर्ने गरी अपांगता समाबेशी बिद्यालय स्थापना हुनु पर्ने लगायत ३४ बुदा समेटिएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग ७ नं प्रदेश कार्यालयको आयोजना र आयोगका सदस्य प्रकाश वस्तीको उपस्थीतिमा सम्मेलन सम्पन्न भएको हो ।


सोमबार २१, फागुन २०७४ ०६:५२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस