BBC Nepali

08:45 PM - 09:15 PM

Thursday, September 20 2018, 21:11 | बिहिबार ०४, असोज २०७५ २१:११
सामाजिक जवाफदेहिता अभिमुखीकरण कार्यक्रम गौरीगंगा नगरपालिका मसुरियामा सुरु

सोमबार, २१ फागुन २०७४| Radio Dhangadhi
सामाजिक जवाफदेहिता अभिमुखीकरण कार्यक्रम गौरीगंगा नगरपालिका मसुरियामा सुरु

निराजन परिवार
धनगढी २१ फागुन । एफएमडिसी,बिकास र सामाजिक परिवर्तनका लागि सञ्चार कैलाली को आयोजना मा २ दिने सामाजिक जवाफदेहिता अभिमुखीकरण कार्यक्रम गौरीगंगा नगरपालिका मसुरियामा सुरु भएको छ ।

गौरीगगा नगरपालिकाका नगरप्रमुख भिमबहादुर देउवाले कार्यक्रमको उद्घाटन गर्दै सामाजिक जवाफदेहिता कायम गर्न सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

आफु जनताको अमूल्य मतले बिजयी भएको बताउदै नगरप्रमुख देउवाले सुशानयुक्त,पारदर्शि तरिकाले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । २ दिने अभिमुखीकरण कार्यक्रमको शुभकामना दिदै उहाँले समाजलाई रुपान्तरण गर्न जनप्रतिनीधी,नागरिक लगाएत आम सरोकारवाला निकाय भुमिका महत्वपुर्ण बताउनुभयो ।

उहाँले कार्यक्रम निकै महत्वपुर्ण भएको उल्लेख गर्दै सामाजिक जवाफदेहिताका औजारहरुका बारेमा सबैलाई जानकारी हुन जरुरी रहेको बताउनुभयो ।

तालिममा सहभागि पवन कुमार बोगटीले कार्यक्रमबाट धेरै कुरा जान्न पाएकोमा खुसी ब्यक्त गर्नुभएको थियो । त्यस्तै वडा नम्बर ११ का स्थानीय सभा संयोजक रामपति चोधरीले सामाजिक जवाफदेहिताका बारेमा धेरै कुरा सिक्न पाएको बताउनुभयो ।

कार्यक्रममा गौरीगंगा नगरपालिका उपप्रमुख अञ्चला चौधरी, वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद तिवारी,वडा नम्बर ११ का अध्यक्ष बिनोद कुमार चौधरी स्थानीय जनप्रतिनीधिहरु लगाएत ४० जनाको सहभागिता रहेको छ ।

स्थानीय सभा मसुरियाका संयोजक लिलाधर न्युरेको अध्यक्षतामा भएको कार्यक्रमा सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोग र व्यवहारमा कार्यान्वनका बारेमा सहजिकरण एफएमडिसी कैलालीका कार्यक्रम संयोजक ओम जोशी र अभियान अधिकारी निराजन परियारले गरिरहनु भएको छ । 


सोमबार २१, फागुन २०७४ ०४:५७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस