Nepali Khabar

05:30 AM - 06:00 AM

Thursday, December 13 2018, 05:49 | बिहिबार २७, मङि्सर २०७५ ०५:४९
टिकापुर हत्याकाण्डका दुई आरोपी बालाजुबाट पक्राउ

सोमबार, २१ फागुन २०७४| Radio Dhangadhi
टिकापुर हत्याकाण्डका दुई आरोपी बालाजुबाट पक्राउ

एफएम संवाददाता
धनगढी २१ फागुन । कैलालीको टिकापुर हत्याकाण्डमा संलग्न दुई जना काठमाडौंबाट पक्राउ परेका छन् ।

टिकापुर प्रहरीको सिभिल टोली र महानगरीय प्रहरी वृत, बालाजुको संयुक्त टोलीले टिकापुर नगरपालिका–९ का सन्दिप रावल र टिकापुर–६ का सागर पाण्डेलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका दुई जनालाई बालाजु वृतमा राखिएको डिएसपी विश्वदिप खड्काले बताउनुभयो । उनीहरुलाई टिकापुर ल्याउने तयारी भइरहेको छ ।


सोमबार २१, फागुन २०७४ ०४:४१ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस