Nepali Khabar

05:30 AM - 06:00 AM

Thursday, December 13 2018, 05:53 | बिहिबार २७, मङि्सर २०७५ ०५:५३
जर्सी गाईपालनमा आकर्षित बन्दै कृषक

सोमबार, २१ फागुन २०७४| Radio Dhangadhi
जर्सी गाईपालनमा आकर्षित बन्दै कृषक

एफएम संवाददाता
बझाङ २१ फागुन । बझाङका कृषकहरु जर्सी गाई पालनमा लागेका छन् ।

जर्सी गाईबाट स्थानिय गाई र भैँसीको भन्दा बढी दुध उत्पादन हुने र फाइदा निकै भएपछि देवल गाउँका प्राय सबै मानिसहरु गाई पालनतर्फ आकर्षित भएका छन् ।

जर्सी गाई पालेर महिनामा ४० ५० हजार आम्दानी गर्दैआएको जयपृथ्वी नगरपालिका – २ की सीता खड्काले बताउनुभयो ।

अहिले गाउका सबैले जर्सी गाईपालनबाट राम्रो आम्दानी गर्दै आएका छन ।

जर्सी गाई पालनबाट मनग्य फाइदा हुने देखेपछि गाउँका प्राय जसो मानिसहरु गाई पालन तिर आकर्षीत भएका हुन ।

देवल गाउँमा मात्र अहिले २५ परिवारले गाई पालन गरि रहेका छन् । 


सोमबार २१, फागुन २०७४ ०३:४६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस