Ever Green Hindi

10:30 PM - 11:00 PM

Sunday, November 18 2018, 22:57 | आइतबार ०२, मङि्सर २०७५ २२:५७
नयाँ अनुसन्धान : वैज्ञानिक भन्छन्, ‘मधुमेह एक होइन ५ छुट्टाछुट्टै रोग हो’

सोमबार, २१ फागुन २०७४| Radio Dhangadhi
नयाँ अनुसन्धान : वैज्ञानिक भन्छन्, ‘मधुमेह एक होइन ५ छुट्टाछुट्टै रोग हो’

बिबिसी- वैज्ञानिकहरुका अनुसार मुधेमह अर्थात डायबिटिज एक होइन, पाँच छुट्टाछुट्टै रोग (क्लस्टर) हो र यसको उपचार पनि फरक–फरक हुनुपर्छ।

मधुमेह शरीरमा सुगरको मात्रा बढी हुँदा हुनेगर्छ र यसलाई सामान्यतया टाइप १ र टाइप २ भनेर दुई भागमा वर्गीकरण गरिएको छ।

तर, स्वीडेन र फिनल्यान्डका अनुसन्धानकर्ताहरुले मधुमेहसँग जोडिएका नयाँ र जटिल तस्बिरहरु बाहिर ल्याउन सफल भएका छन्। यो सफलतापछि मधुमेहका नयाँ क्लस्टर अनुसार उपचारको तरिका पनि बदल्नुपर्ने देखाएको छ।

विशेषज्ञहरुका अनुसार यो अनुसन्धानले मधुमेका बारेमा धेरै नयाँ जानकारी दिएको छ। तर, तत्कालका लागि भने मधुमेहको उपचारमा हाल अपनाइएको उपचार पद्धतिलाई बदलिहाल्न मिल्दैन। यो विषयमा थप अनुसन्धानको आवश्यकता रहेको उनीहरुको भनाई छ।

पाँच क्लस्टर

विश्वभरमा प्रत्येक ११ जनामा एक वयस्क मधुमेहबाट पीडित छन्। मधुमेहका कारण हृदयाघात, मतिष्कघात, अन्धोपन तथा मिर्गौला फेल हुने खतरा रहन्छ।

टाइप १ मधुमेहको असर मानिसको रोग प्रतिरक्षा प्रणालीमा पर्छ। यसले सोझै शरीरको इन्सुलिन उत्पादनमा असर गर्छ। जसका कारण शरीरलाई आवश्यक पर्ने सुगरको मात्रा नियन्त्रित गर्ने हर्मोन पर्याप्त मात्रामा बनाउन सक्दैन।

टाइप २ मुधेमको कारण आमरुपमा अस्वस्थ जीवनशैली र खानपानलाई मानिन्छ। जसका कारण शरीरमा बढ्दै गएको चिल्लोपदार्थले इन्सुलिनमा असर गर्न थाल्छ।

स्वीडेनको ल्युन्ड युनिभर्सिटी डायबिटीज सेन्टर र फिनल्यान्डको इन्स्टिच्युट फर मलिक्युलर मेडिसिनले १४ हजार ७ सय ७५ मधुमेहका बिरामीको रगत जाँचका आधारमा नयाँ तथ्य फेला पारेका हुन्। 
यो नयाँ तथ्य ल्यान्सेट डायबिटीज एन्ड इन्डोक्राइनोलोजीमा प्रकाशित भइसकेको छ। जस अनुसार मधुमेहका बिरामीलाई विभिन्न पाँच क्लस्टरमा विभाजन गरिएको छ।

क्लस्टर १ : यो गम्भीर प्रकारको रोग प्रतिरक्षा क्षमतामा असर गर्ने मधुमेह हो। यो टाइप १ मधुमेह जस्तै हुन्छ।  यसको असर युवाअवस्थामा बढी देखिन्छ। स्वस्थ युवाहरुमा असर गर्ने यो समस्याले उनीहरुमा इन्सुलिन उत्पादनमा ह्रास ल्याउँछ।

क्लस्टर २ :  शुरुवाती चरणमा यो मधुमेह पनि टाइप १ जस्तै देखिन्छ । यो पनि गम्भिर प्रकारको रोग प्रतिरक्षा क्षमतामा असर गर्ने मधुमेह हो। यो समस्या पनि युवाहरुमा नै हुन्छ। यसमा युवाहरुको तौल ठिकठाक नै हुन्छ। तर, उनीहरुको इन्सुलिन बनाउने क्षमता कम हुन्छ भने रोग प्रतिरोधात्मक क्षमताले राम्रोसँग काम गर्न सकेको हुँदैन।

क्लस्टर ३ : यो मधुमेहमा बिरामीमा इन्सुलिन बनिरहेको हुन्छ। तर, शरीरमा त्यसले काम भने गरेको हुँदैन। 

क्लस्टर ४ : सामान्यतया यो मधुमेह मोटोपन भएकाहरुमा हुन्छ। यस प्रकारका बिरामीको पाचन क्षमता क्लस्टर ३ का झैं हुन्छ।

क्लस्टर ५ : यो मधुमेह उमेरसँग जोडिएको छ। यो मधुमेह भएका बिरामीहरु आफ्नै उमेर समूहका अन्य बिरामीभन्दा बुढा देखिन्छन्।

कुन क्लस्टरको मधुमेहको उपचार छिटो ?

अनुसन्धानमा सहभागी एक प्रोफेसर लिफ ग्रुपले बिबिसीलाई भने, ‘यो अनुसन्धान निकै महत्वपूर्ण छ किनभने यस मार्फत् हामी मधुमेहको उचित र प्रभावकारी औषधि उपचारतर्फ कदम अगाडि बढाउन सक्छौं। सही के हो भने मधुमेहको पहिचान भएपछि उपचार सुरु गरिहाल्नुपर्छ।’

प्रोफेसर लिफका अनुसार अन्तिम दुई क्लस्टरका मधुमेहको तुलनामा पहिला तीन क्लस्टरका मधुमेहको उपचार छिट्टै सुरु हुनुपर्छ।

क्लस्टर २ का बिरामीलाई अहिले टाइप २ मधुमेहकै श्रेणीमा राखिन्छ। किनभने उनीहरुको रोग प्रतिरोधात्मक क्षमता ह्रास हुने समस्याबाट पीडित हुँदैनन्। 

यद्यपी यो अनुसन्धानले यस्तो पनि बताएको छ की उनीहरुले जुन बिरामीलाई यो अनुसन्धानमा सहभागि गराए तिमध्ये धेरै बिरामी टाइप १ मधुमेहबाट पीडित थिए।

क्लस्टर २ का बिरामीमा अन्धोपनको खतरा बढी हुन्छ। जबकी क्लस्टर ३ मा मिर्गौला फेल हुने खतरा बढी हुन्छ।

लन्डनको इमपेरियल कलेजका सल्लाहकार र क्लिनिकल साइन्टिस्ट डाक्टर भिक्टोरिया सलेम भन्छन्, ‘धेरै विशेषज्ञहरु पहिलेदेखि नै मानिरहेका थिएकी टाइप १ र टाइप २ मा मात्र विभाजन पर्याप्त थिएन।’

यो अनुसन्धान नर्वे, स्विडेन, डेनमार्क र फिनल्यान्डका बिरामीहरुमा मात्र गरिएको हो। संसारभर गर्दा यसको नतिजा केही फरक आउनसक्ने अनुमान गरिएको छ।

डाक्टर सलेम भन्छन्, ‘विश्वभरका मधुमेह पीडितहरुलाई धेरै श्रेणीमा विभाजन गर्न सकिन्छ। आनुवांशिक र स्थानीयत पर्यावरणका आधारमा लगभग ५ सय उपसमुह बनाउन सकिन्छ। यस अध्ययनमा ५ क्लस्टर बनाइएको छ। तर बढी पनि बनाउन सकिन्थ्यो।’

वारविक मेडिकल स्कुलका मेडिसिनका प्रोफेसर सुदेश कुमारका अनुसार यी सबै क्लस्टर बारे जान्न किन पनि जरुरी छ भने यी सबै क्लस्टरलाई फरक फरक तरिकाले उपचार गर्दा नतिजामा पनि फरक आउन सक्छ।


सोमबार २१, फागुन २०७४ ११:२० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस