---
Friday, September 20 2019, 22:38 | शुक्रबार ०३, असोज २०७६ २२:३८
भोली (आइतबार) धनगढीमा बृहत रक्तदान कार्यक्रमको आयोजना हुदै

शनिबार, १९ फागुन २०७४| Radio Dhangadhi
भोली (आइतबार) धनगढीमा बृहत रक्तदान कार्यक्रमको आयोजना हुदै

धनगढी १९ फागुन । गुरुकुल सेक्युरिटी सर्भिसेजको आयोजनामा भोली (आइतबार)धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ  । 

पछिल्लो पटक धनगढीमा रगतको चरम अभाव देखिन थालिएका बेला गुरुकुलले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो । 

भोली (आइतबार) विहान ८ बजेबाट गुरुकुलको कार्यालय परिषर (वडा प्रहरी कार्यालयको अगाडी ) मा कार्यक्रम आयोजना गर्न लागीएको जनाइएको छ । 
रक्तदान जिवन दान भन्ने मान्यताका साथ रगत दान गरि सहयोग गरिदिन पनि गुरुकुलका प्रबन्ध निर्देशक प्रकाश कुमार चन्दले सबैमा आग्रह गर्नुभयो । 

रक्तदान कार्यक्रममा प्रदेश सांसद पुर्णा जोशी लगायतका सदस्यहरुले समेत रक्तदान गर्ने जनाइएको छ । 
 


शनिबार १९, फागुन २०७४ ०४:१४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस