Manko Awaj

09:15 PM - 10:00 PM

Thursday, September 20 2018, 21:34 | बिहिबार ०४, असोज २०७५ २१:३४
लिटील फ्लावर प्रमियर लिग : कैलाली विद्या निकेतन, एक्सिस र सिद्धार्थ विजयी

बुधबार, १६ फागुन २०७४| Radio Dhangadhi
लिटील फ्लावर प्रमियर लिग : कैलाली विद्या निकेतन, एक्सिस र सिद्धार्थ विजयी

एफएम संवाददाता
धनगढी १६ फागुन । धनगढीमा जारी निष्ट लिटील फ्लावर प्रमियर लिग राष्ट्रिय स्कुल स्तरीय क्रिकेट प्रतियोगीतामा बुधबार कैलाली विद्या निकेतन, एक्सिस विद्या आश्रम र सिद्धार्थ सिशु सदन विजयी भएका छन् ।

बुधबार भएको पहिलो खेलमा कैलाली विद्या निकेतनले क्यास्पियन एकेडेमीलाई ५ विकेटले पराजित गरेको छ । टस हारर व्याटिङको निम्तो पाएको क्यास्पियनले १९ ओभरमा सबै विकेट गुमाउदै ९१ रन मात्रै बनाउन सक्यो ।

क्यास्पियनका लागी हिक्कमत सेट्टीले ४६ रन बनाए । कैलाली विद्या निकेतनका लागि अर्जुन ऐरले ३ तथा सागर भण्डारीले २ विकेट लिए । ९३ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको कैलाली विद्या निकेतनले १५ ओभरमा लक्ष्य भेटायो ।

कैलाली विद्या निकेतनका लागि शेर मल्लले २९ तथा आयुष्मान बलमे २५ रन बनाए । खेलको म्यान अफ द म्याच कैलाली विद्या निकेतनका अर्जुन ऐरी भए ।

आजै भएको दोश्रो खेलमा एक्सीस विद्या आश्रमले टिकापुरको रेडियन्ट मन्टेश्वरीलाई २९ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको एक्सीसले २० ओभरमा ५ विकेट गुमाउदै १ सय ३५ रन बनायो । एक्सीसका लागी सुरज बोहराले ३४ र अजय विष्टले ३१ रन बनाए ।

टिकापुरका शुवास सिह ठकरीले २ विकेट लिए । १ सय ३७ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको टिकापुर २० ओभरमा ९ विकेट गुमाउदै १ सय ६ मात्रै बनाउन सक्यो । टिकापुरका लागी विप्लव विष्टले २० रन बनाए पनि आफ्नो टिमलाई जिताउन सकेनन् ।

एक्सीसलाई जिताउने क्रममा अमित रावत, अजय विष्ट र नरेश बोहराले समान २÷२ विकेट लिए । खेलका म्यान अफ द म्याच अजय विष्ट भए ।

आजै भएको तेश्रो खेलमा सिद्धार्थ सिशु सदनले नेपालगञ्जको एविसि स्कुललाई ५० रनले पराजित गरेको छ । टस जितेर सिद्धार्थले व्याटिङ गरेको सिद्धार्थले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ६७ रन बनायो ।

सिद्धार्थका लागी खड्क बोहरा ७१ रनको योगदान दिए । नेपालगञ्जका शुभव बमले २ विकेट लिए । १ सय ६८ रनको लक्ष्य सहित मैदान उत्रिएको नेपालगञ्ज १ सय १७ मा समेटीएको हो । नेपालगञ्जका लागि साहील अन्सारीले २५ रन बनाएपनि आफ्नो टिमलाई जिताउन सकेनन् ।

सिद्धार्थका दिपेन्द्र थापाले ४ विकेट लिए । खेलका म्यान अफ द म्याच खड्क बोहरा भए । प्रतियोगिता अन्तरगत भोलि पनि तिन वटा खेल हुने छ ।

पहिलो खेल काठमाडौका हिमालयन ह्वाईट हाउस स्कुल र कैलाली विद्या निकेतन, दोश्रो खेल लिटिल बुद्ध एकेडेमि र धनगढी मावि तथा तेश्रो खेल एक्सीस विद्या आश्रम र स्टेपिङ स्टोन विच हुने छ ।

काठमाडौका हिमालयन ह्वाईट हाउस स्कुल र कञ्चनपुरको लिटिल बुद्ध एकेडेमि क्रिकेटका लागि चर्चीत स्कुल हुन् । प्रतियोगीतामा कैलाली सहित काठमाडौ, बाके र कञ्चनपुरका १२ वटा टिमको सहभागीता रहेको छ ।

प्रतियोगीताको विजेताले ५० हजार, उप विजेताले २५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै म्यान अफ द सिरीजलाई ५ हजार र विभीन्न चार विधाका उत्कृष्ट खेलाडीलाई २÷२ हजार प्रदान गरीने आयोजक लिटील फ्लावर ईङलीस बोर्डीङ स्कुलका सस्थापक प्रीन्सीपल तथा प्रतियोगीताका निर्देशक रामचन्द्र शाहीले बताउनुभयो ।
  


बुधबार १६, फागुन २०७४ ०६:५३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस