---
Saturday, June 23 2018, 01:02 | शनिबार ०९, असार २०७५ ०१:०२
चमेलीयामा ८ मेगावट विद्युत थपिने

बुधबार, १६ फागुन २०७४| Radio Dhangadhi
चमेलीयामा ८ मेगावट विद्युत थपिने

दार्चुला १६ फागुन । चमेलीयामा बैशाख अन्तिम सातादेखी ८ मेगावट विद्युत थपिने भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर २ देथलामा अपि पावर कम्पनी लिमिटेडले निर्माण गरीरहेको अपर नौगाडले उत्पादन गर्ने विद्युत थपिने भएको हो ।
 नीजि क्षेत्रबाट उत्पादन भइरहेको माथिल्लो नौगाड साना लघु जलविद्यूतले बैशाख अन्तिम साता उत्पादन शुरु गर्ने तयारी भइरहेको आयोजना प्रमुख भुपाल अधिकारीले बताउनुभयो ।

गत माघ २७ गते शैल्यशिखर नगरपालिका १ शिखरबाट चमेलियामा ३० मेगावट विद्युत उत्पादन भइरहेको छ । नौगाडबाट उत्पादन हुने विद्युत सिधै बलाँचमा रहेको चमेलिया जलविद्युत आयोजनाको १ सय ३२ केभी प्रसारण लाइनमा जोडिने छ । 
२०७३ पुषदेखि निर्माण शुरु गरेको अपर नौगाडले १७ देखि १८ महिनामा विद्युत उत्पादन गर्ने जनाएको छ । हाल नौगाडको निर्माण कार्य झण्डै ८० प्रतिशत सकिएको छ । विद्युतको प्रसारण लाइनको काम सकिएको छ भने विद्युतको इन्टेक निर्माणको कार्य भइरहेको छ । 
नौगाड गाउँपालिकाको धुलीगडा भएर बग्ने नौगाड खोलामा विद्युत निकाल्ने काम भइरहेको हो । यसअघि सोहि ठाउँको देथलामा ८ दशमल ८ मेगावट विद्युत उत्पादन भइसकेको छ । अपि पावर कम्पनीले नै उक्त ठाउँमा विद्युत निकालेको थियो ।


बुधबार १६, फागुन २०७४ १२:१० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस