Nepali Khabar

05:30 AM - 06:00 AM

Thursday, December 13 2018, 05:52 | बिहिबार २७, मङि्सर २०७५ ०५:५२
राजधानि र नामका विषयमा जनता उत्सुक, प्रदेश सांसद मौन

बुधबार, १६ फागुन २०७४| Dinesh Thakulla
राजधानि र नामका विषयमा जनता उत्सुक, प्रदेश सांसद मौन

धनगढी १६ फागुन । प्रदेश नम्बर ७ को राजधानी र नामका विषयमा औपचारिक छलफल नभएपनि सामाजिक संजाल र अन्य सार्वजनिक स्थलहरुमा बहस सुरु भएको छ । प्रदेशको नाम के रहने र राजधानी कता होला भन्ने उत्सुकता जनतामा रहेको छ ।
सरकारले प्रदेश नम्बर ७ को अस्थायी राजधानी तोकेपछि साविकको क्षेत्रीय सदरमुकाम डोटीमा आन्दोलन चर्किएको थियो । निवर्तमान सरकारले धनगढीलाई अस्थायी राजधानी तोक्दै गर्दा जिल्ला–जिल्लाबाट विरोधका स्वरहरु आए पनि अहिले विरोधका स्वर घट्दै गएका छन् ।

डोटीलाई प्रदेशको राजधानी बनाउनु पर्ने भन्दै आन्दोलन गरेका त्रिलोचन भट्ट मुख्यभएपछि विरोधका स्वर पनि घटदै गएका छन । अहिले प्रदेश सभाले प्रदेशको स्थायी राजधानी कता तोक्ला र नाम के होला भन्ने आम सात नम्बर प्रदेश बासिमा चासो र चर्चाको विषय बनेको छ । नेताहरुले भने यस विषयमा मुख खोल्न मानेका छैनन । 
प्रदेश सभाले तत्कालै स्थायी राजधानी तोक्ने छाँटकाँट भने देखाएको छैन् ।

राजधानीको विषयलाई लिएर फेरि आन्दोलन हुने आंकलन गर्दै प्रदेश सदस्यहरु तत्कालै राजधानी तोक्ने पक्षमा देखिएका छैनन । प्रदेश नम्बर ७ मा राजधानीको विषयभन्दा पनि प्रदेशको नामाकरणको विषय अहिले बढी चर्चामा छ । विगतमा सुदूर नामले नै पछाडि पारिएकाले त्यस्को क्षतिपूर्ति पाउने गरी राजधानीको नाम राख्न पर्ने प्रदेशका बासिन्दाको भनाई छ ।

तर, प्रदेश राजधानीबारे मुख नखोलेका सासदहरु भने विभिन्न आधार प्रस्तुत गर्दै प्रदेशको नामबारे छलफलमा जुटेका छन । 
अहिले प्रदेशको नामका लागि सुन्दराञ्चल, सेती महाकाली, मानसखण्ड, खप्तड थरुहट, अपि सैपाल, अजयमेरुलगायतका नामहरु चर्चामा छन् । यद्यपी, प्रदेश राजधानी र नामारणबारे सरकारले औपचारिक एजेण्डा भने हासम्ममा ल्याएको छैन ।

त्यसैले सवैलाई समेटने गरि सर्वसम्मत रुपमा विज्ञको सल्ला लिएर प्रदेश राजधानी र नामाकरण टुङग्याउनुपर्ने प्रदेश सभा सदस्य अक्कल बहादुर रावलको धारणा रहेको छ । । 
प्रदेशको राजधानी र नामामरण गर्दा सवैको भावना समेटिने गरि गर्नुपर्नेमा सवैसाधारणले जोड दिएका छन । 
 


बुधबार १६, फागुन २०७४ ११:४३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस