---
Tuesday, November 12 2019, 05:17 | मङ्गलबार २६, कार्तिक २०७६ ०५:१७
"मर्यादित भएर होली मनाउनुहोस्"

बुधबार, १६ फागुन २०७४| Radio Dhangadhi
"मर्यादित भएर होली मनाउनुहोस्"

धनगढी, १६ फागुन । जिल्ला प्रशासन कार्यालय कैलालीले होली पर्व मर्यादित रुपमा मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले  जारी गरेको सूचनामा होली पर्वमा कसैको इच्छा विपरीत लोला हान्ने, रङ र अबिर दल्ने, मादक पदार्थ सेवन गरेर वा नगरी अभद्र व्यवहार गर्ने जस्ता अवाञ्छित क्रियाकलाप गर्नु नहुने आग्रह गर्दै कसैले उच्छृङ्खल गतिविधि गरेमा त्यस्ता व्यक्तिलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिने जनाइएको छ ।

यस वर्ष पहाडी जिल्लामा यही फागुन १७ र तराईका जिल्लामा फागुन १८ गते होली पर्वको सार्वजनिक बिदाको व्यवस्था सरकारले गरेको छ । यद्यपि तराईका कैलाली, कञ्चनपुरमा दुवै दिन होली मनाउने चलन पहिलेदेखि नै रहेको छ ।
 


बुधबार १६, फागुन २०७४ ११:१५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस