INDRENI (Lok Dohori)

10:00 AM - 11:00 AM

Friday, September 21 2018, 10:35 | शुक्रबार ०५, असोज २०७५ १०:३५
राना थारू समुदायको संस्कृति जगेर्ना गर्छौ : मुख्यमन्त्री भट्ट

बुधबार, १६ फागुन २०७४| Hari Joshi
राना थारू समुदायको संस्कृति जगेर्ना गर्छौ : मुख्यमन्त्री भट्ट

कञ्चनपुर, १५ फागुन । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले राना समुदायको संस्कृति जगेर्ना गर्ने कार्यका लागि कटिबद्ध भएको बताउनु भएको छ । 

विहिबार कञ्चनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको राना थारू होली बृहत् सांस्कृति कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले राना थारू समुदायको आफ्नै मौलिक संस्कृति रहनसहन भएकाले यसलाई जोगाउन सबैको सहकार्यको खाँचो रहेको बताउनुभयो । गाउँपालिका क्षेत्रमा मुख्य समस्याका रुपमा रहेका नदी नियन्त्रण र पुलपुलेसा निर्माणका लागि सक्दो रुपमा कार्य गर्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले मुख्यमन्त्री भट्टलाई कार्यक्रमका क्रममा गाउँपालिकाको समस्या र राना थारू समुदायका उत्थानका लागि अगाडि बढाउनुपर्ने कार्य बारेको १८ बुँदे ज्ञापनपत्र बुझाउनुभयो । ज्ञापनपत्रमा लालझाडी गाउँपालिकालाई राना  थारू संरक्षित क्षेत्रका रुपमा घोषणा हुनुपर्ने, पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न र संस्कृति जगेर्नामा टेवा पु¥याउन राना थारू होमस्टे स्थापना गर्न माग गरिएको छ । 

कार्यक्रममा राना थारू समुदायको मुख्य पर्व होली लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका छन् ।
 


बुधबार १६, फागुन २०७४ १०:५७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस